धनगढी । बाजुराको बुढीगंगा नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमाले विजयी भएको छ ।
मेयर पदमा एमालेका उम्मेदवार रामबहादुर बानियाँले ४ हजार ७७७ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार रंगबहादुर खातीले ३ हजार ७७४ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपमेयरमा पनि एमालेकी माया कुमारी खड्का (कुँवर) ले ४ हजार ७२७ मत प्राप्त गरेर विजयी भएकी छन् । उनकी निकटतम प्रतिद्वन्दी रिता शाहीले ३ हजार ७५५ मत प्राप्त गरेकी छन् ।
त्यस्तै १० वडा रहेको बुढीगंगा नगरपालिकामा ७ वटा वडामा एमाले विजयी भएको छ भने ३ वडामा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
असार २३ गते भएको निर्वाचनमा बुढीगंगामा ९ हजार १२८ मते खसेको थियो ।