• २०८१ बैशाख ६ बिहीबार

रेस-३ मा सलमानसँग सोनाक्षी सिन्हाले रोमान्स गर्ने 

kharibot

मुम्बई । सोनाक्षी सिन्हा र सलमान खानको जोडी  ठुलो पर्दामा रुचाइएको जोडी हो ।

सायद यही कारण फिल्म निर्माता पटक पटक दुबैलाई आफनो फिल्ममा कुनै न कुनै रुपमा सँगै ल्याउन चाहन्छन् । 

सोनाक्षीको पछिल्लो फिल्म ‘वेलकम टु न्युर्योक’मा विशेष भूमिकामा देखिएका सलमान अब फेरी रेस-३ मा सँगै देखिने भएका छन् । 

धेरै जसो मिडिल ईस्टमा सुटिंग हेन यस फिल्मलाई न्रिदेश्क रिमो डिसुजाले निर्देशन गर्दै छन् । रेस-३ का निर्माताले आधिकारिक रुपमा यस बारे जानकारी नदिएपनि सोनाक्षीले फिल्मको सुटिंगको दोस्रो सेड्युलमा मात्र रेस-३ को सुटिंग गर्ने बताइएको छ ।

सलमान खानको फिल्म दबंग-३ मा पनि यो जोडीले सँगै रोमान्स गर्ने निश्चित भएको छ । सलमानका दुवै फिल्म यसै बर्ष रिलिज हुदै छन् ।

आगामी जुन १६ मा रिलिज हुने भनिएको रेस-३ मा सलमानका अलवा अनिल कपुर, बबी देओल, ज्याक्लिन फर्नान्डिस, डेजी शाह लगायतक कलाकारले अभिनय गर्दै छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै