सभामुख कृष्णबहादुर महराद्वारा शपथ ग्रहण  

खरीबोट

काठमाडौँ । सभामुख कृष्णबहादुर महराले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् ।

शुक्रबार उम्मेदवारी मनोनयन दिएका महराविरुद्ध कसैले पनि उम्मेदवारी नदिएपछि प्रतिनिधिसभाको शनिबार बसेको बैठकले महरालाई सभामुखमा निर्विरोध निर्वाचित गरेको थियो ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा भएको शपथ समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, मन्त्रिगण, संवैधानिक र सुरक्षा निकायका प्रमुख, उच्चपदस्थ कर्मचारीलगायत उपस्थित थिए । 
 

सम्बन्धित समाचार

मुक्त कमैया आर्थिक समृद्धिमा लाग्नुपर्छ : उपसभामुख थारू

प्रदेश नं ५ का प्रदेशसभाका उपसभामुख कृष्णी थारूले मुक्तकमैयाको समस्या सरकारले अपनत्व गरिसकेकाले अब उनीहरु आर्थिक समृद्धिका लागि सक्रिय हुनुपर्ने बताएकी छन । २०आँै कमैया मुक्ति दिवसका सन्दर्भमा आज नेपालगञ्जमा सञ्चारकर्मीसँग कुराकानी

बाढी, पहिरो, डुबानको विपद्मा सहयोग गर्न सभामुख महराको आग्रह

काठमाडौँ । सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाका सदस्यलाई प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रमा पुगी पीडितको उद्धार, राहत र सहयोगमा समन्वय तथा सहकार्य गर्न आग्रह गरेका छन् । सभामुख महराले आज जारी गर्नुभएको प्रेस

प्रभावकारीरुपमा सेवा प्रवाह गर्न सभामुखको निर्देशन

। दाङ / सभामुख कृष्णबहादुर महराले नागरिकलाई छिटोछरितो निष्पक्ष भई प्रभावकारी रुपमा सेवा प्रवाह गर्न निर्देशन दिएका छन । दाङका कार्यालय प्रमुखहरुलाई आज जिल्ला प्रशासन कार्यालयमा उले जनताका कामलाई द्रुत गतिमा

सभामुख महराद्वारा जनमुक्ति सेनाको ब्यारेक अवलोकन

दाङ । सभामुख कृष्णबहादुर महराले आज तुलसीपुर उपमहानगरपालिका–१९ मा पर्ने तत्कालीन जनमुक्ति सेनाको ब्यारेकको स्थलगत निरीक्षण तथा अवलोकन गरेका छन्  । सो अवसरमा सभामुख महराले देशमा ठूलो परिवर्तन गर्न सङ्क्राम ब्यारेकले


z