• २०८१ बैशाख १३ बिहीबार

सभामुख कृष्णबहादुर महराद्वारा शपथ ग्रहण  

kharibot

काठमाडौँ । सभामुख कृष्णबहादुर महराले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् ।

शुक्रबार उम्मेदवारी मनोनयन दिएका महराविरुद्ध कसैले पनि उम्मेदवारी नदिएपछि प्रतिनिधिसभाको शनिबार बसेको बैठकले महरालाई सभामुखमा निर्विरोध निर्वाचित गरेको थियो ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा भएको शपथ समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, मन्त्रिगण, संवैधानिक र सुरक्षा निकायका प्रमुख, उच्चपदस्थ कर्मचारीलगायत उपस्थित थिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै