केटासँग कुरा गरेकै निहुँमा बाबुले गरे १३ वर्षीया छोरीको नृशंस हत्या 

खरीबोट
ad

दक्षिण एसिया । भारतको करावल नगरमा १३ सालकी छोरीको उनकै बुबाले घाँटी काटेर हत्या गरेका छन् । नाबालिग छोरीले केटासँग भेटेकै निहुँमा बुबाले नै धारिलो हतियार प्रयोग गरी हत्या गरेको भारतीय मिडियाले जनाएका छन् । प्रहरीले मृतकका बुबालाई गिरफ्तार गरेपछि घटना बाहिर आएको हो । 

४० वर्षका सुदेश नामका व्यक्ति करावल नगरमा दूध डेरी चलाउँदै आएका थिए । प्रहरीलाई सुदेशले बताएअनुसार बालिका ७ कक्षामा अध्ययनरत थिइन् । यही मार्च ७ तारिखमा साँझ घरबाट बाहिर गएकी उनलाई बुबाले पछ्याएका थिए । सोही क्रममा एक युवकसँग भेट गरेको देखेपछि उनले छोरीलाई बाइकपछाडि राखेर ट्रानिका सिटी लगी चक्कुले गर्दन रेटेर हत्या गरी शव फ्याँकेर घर आएका हुन् । 

उनले सोही दिन छोरी हराएको भन्दै प्रहरीमा समेत निवेदन दिएका थिए । त्यसलगत्तै प्रहरीले वरपरका सिसिटिभी फुटेजहरु खोजेर अनुसन्धान थालेको थियो तर केही पत्तो लागेन । त्यसपछि गत शुक्रबार मृतककै बुबाले ट्रानिका सिटीबाट छोरीको शव खोजी निकालेका थिए ।

यसबारे उत्तरप्रदेश प्रहरीमा समेत सूचना पुग्यो भने करावल नगरका प्रहरीले पनि अनुसन्धान सुरु गरे । सोही क्रममा केटीलाई आफ्नै बाबुसँग मोटरसाइकल पछाडि बसी गइरहेको एउटा सिसिटिभी फुटेजमा देखिएपछि घटनाबारे तथ्य खुलेको हो । 

पछि प्रहरीले बुबालाई नै केरकार गरेपछि उसले आफ्नो कर्तुत खोलेका थिए । प्रहरीलाई उनले बताएअनुसार केटालाई मार्ने नियत मृतकका बाबुको देखिएको छ । आफ्नो छोरीले कुनै अपरिचित युवकसँग कुराकानी गरेको उनलाई मन पर्दैनथ्यो । सोही कारण उसले छोरीलाई बारम्बार केटासँग नबोल्न चेतावनी दिँदै आएका थिए ।

त्यस दिन पनि छोरी बाहिर निस्केपछि शंका लागेर पछ्याउँदै जाँदा केटा भेट्न गएको उनले चाल पाएका थिए । तर बुबा देखेपछि केटी छोडेर युवक फरार भएपछि उनले छोरीकै हत्या गरिदिएका थिए । 

नवभारत टाइम्सबाट अनुदित । 

सम्बन्धित समाचार

खुकुरी प्रहार गरी युवकको हत्या

उर्लाबारी। मोरङको पथरीशनिश्चरे–८ स्थित शुक्रबारेमा गए राति एक युवकको हत्या गरिएको छ ।  गए राति १० बजे १७ वर्षीय कृष्णबहादुर विष्टले पुरानो रिसिइबीलाई लिएर सोही ठाउँका २७ वर्षीय विजय खड्काको खुकुरी

पत्रकार जमाल खसोग्गीको हत्या भएको साउदी अरबद्वारा स्वीकार

काठमाडौँ । साउदी अरब सरकारको कटु आलोचक रहेका पत्रकार जमाल खसोग्गीको इस्तानबुलस्थित साउदी अरबको बाणिज्य दूतावासमा मारिएको साउदी सरकारले अधिकारिक रुपमा पुष्टि गरेको छ। करिव दुई साताको इन्कारपछि साउदी अरबको सरकारी टेलिभिजनले

भारतीय एजेन्सी ‘रअ’ले आफ्नो हत्या गर्न खाेजेकाे श्रीलंकाली राष्ट्रपतिको दाबी

काठमाडौं । श्रीलंकाका राष्ट्रपति मैत्रिपाल सिरीसेनाले अाफ्नाे हत्या गर्ने षड्यन्त्र भइरहेकाे दाबी गरेका छन् । उनले भारतीय खुफिया एजेन्सी ‘रअ’का गुप्तचरहरुबाट आफ्नो हत्याकाे षड्यन्त्र भइरहेकाे खुलासा गरेका हुन् । राष्ट्रपति सिरीसेनाले

वेस्ट इन्डिजविरुद्धको टेस्ट सिरिजमा भारत २-० ले विजयी, पृथ्वी शा बने म्यान अफ द सिरिज 

काठमाडौँ।  भारत भ्रमणमा रहेको वेस्टइन्डिजको क्रिकेटटिम भारतसँगको टेस्ट सिरिज २-० ले गुमाएको छ। दोस्रो टेस्टको तेस्रो दिन वेस्टइन्डिजले दिएको ७२ रनको लक्ष्य भारतले बिना कुनै विकेट गुमाई पुरा गरेपछि भारतले


z