इन्स्टाग्राम र स्न्यापच्याटका फिचर केही समयका लागि बन्द

खरीबोट
ad

युरोप । फोटो सेयरका लागि र मल्टिमिडियाका लागि प्रसिद्ध सामाजिक सञ्जाल स्न्यापच्याट र इन्स्टाग्रामले केही समयको लाग गिफी जीआईएफ स्टिकर फिचर हटाएका छन् ।

प्रयोगकर्ताले एउटा रंगभेदी जीआईएफ एउटा अप्सनमा देखेपछि दुवै कम्पनीले यो फिचर केही समयका लागि बन्द गरिदिएका हुन् । 

त्यसलाई हटाउनको लागि फिचर नै केही समयका लागि बन्द गरिएको हो । उक्त रंगभेदी जिफ (तस्बिर) सबैभन्दा पहिला बेलायतका एक २१ वर्षीय स्न्यापच्याट प्रयोगकर्ताले देखेका थिए ।

यस जिआईएफमा लाखौँ मानिसको मृत्यु कालाजातिका मानिसको अपराधको कारण भइरहेको देखाइएको थियो ।

त्यस्तै खाले अर्को तस्बिर फेसबुकको स्वामित्वमा रहेको इन्स्टाग्राममा पनि देखिएको थियो ।

सो लगत्तै दुवै कम्पनीले जीआईएफ फिचर नै बन्द गराएका हुन् । दुवैले यो फिचर गत फेब्रुअरीमा मात्रै लन्च गरेका थिए ।

जसअन्तर्गत प्रयोगकर्ताले आफ्नो स्न्याप्स र स्टोरिजमा जिफी मिडिया लाइब्रेरीबाट जीआईएफ एड गर्न पाउँथे । 

सम्बन्धित समाचार

बारपाकको कोदोबारी (फोटोफिचर) 

बारपाक (गोरखा) । जिल्लाको सुलिकोट बारपाक  गाउँपालिकामा अहिले तराईमा धान झुलेजसरी कोदो फुलेको छ । छपक्कै भरिँदै गरेको कोदोको बाला टाढाबाट झट्ट हेर्दा निस्किनलागेको हरियो धानजस्तो देखिन्छ । बारीभरिको कोदोले भूकम्पले

यस्तो बन्दै छ दशरथ रंगशाला (फोटो फिचर)

काठमाडौं । २०७२ सालको भूकम्पले भत्किएको देशको एक मात्र अन्तर्राष्ट्रिय रंगशाला दशरथ रंगशालाको पुनर्निर्माणको कामले तीव्रता पाएको छ । खरीबोटसँग कुरा गर्दै रंगशाला पुनर्निर्माणमा खटिएका प्रोजेक्ट म्यानेजर वीरबल राईले आगामी माघ

वर्ल्ड ट्रेड टावरमा पाकिस्तानी सामानहरु खरिदबिक्री मेला (फोटो फिचर)

काठमाडौं । राजधानीको त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड टावरमा पाकिस्तानी सरसामानको मेला सुरु भएको छ । विगत १० वर्षदेखि आयोजना हुँदै आएको मेलालाई यो साल ‘मेड इन पाकिस्तान, सार्क एडिसन’ नाम दिइएको

नजिकिँदो दशैँ : छैन बसपार्कमा भीड ! (फोटोफिचर) 

काठमाडौं । अघिल्ला वर्षमा जस्तो यो वर्ष बसपार्कमा भीडभाड देख्न पाइँदैन । हिजो अर्थात् ९ गतेदेखि बसको अग्रिम टिकट बुकिङ खुलिसकेको छ तर बसपार्क पुग्दा दशैँ चहलपहल  अनुभूति हुने गरी


z