काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई देशका लागि राजदूत नियुक्त गरेकी छिन् । नेपाल सरकार मन्त्रीपरिषद्को सिफारिसमा इजिप्टको लागि राजदूतमा सुुशिलकुमार लम्साल नियुक्त भएका छन् ।
यस्तै भरतकुमार रेग्मीलाई गणतन्त्र अष्ट्रिया र संयुक्त राष्ट्रसंघ कार्यालय, भियनाको लागि नेपालको स्थायी प्रतिनिधि पदमा समेत नियुक्त भएको राष्ट्रपनि कार्यालयले जनाएको छ ।