• २०८१ बैशाख ८ शनिबार

उत्तर कोरियासँगको वार्तामा अभूतपूर्व प्रगति हुने राष्ट्रपति ट्रम्पको भनाई

kharibot

अमेरिका । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेतासँग हुन गइरहेको वार्ता अभूतपूर्वरुपमा सफल हुने भविश्यवाणी गरेका छन् । 

उनले भने – मैले देखेको छु कि हामीले उत्तर कोरियासँग गर्न लागेको वार्ता निकै सफल हुनेछ र यसले हामीबीचका सबै कुराहरुमा पनि खुलेर कुरागर्ने अवस्था आउने छ । 

पेन्सिलभानियाका लागि प्रस्थान गर्नुअघि शनिबार सम्वाददाताहरुसँग संक्षिप्त कुराकानीगर्दै राष्ट्रपति ट्रम्पले यो प्रतिक्रिया दिए । 

उनले उत्तर कोरियासँगको वार्ताका लागि आफू उत्साहित रहेको भन्दै यसका लागि जापान र दक्षिण कोरियाको पनि समर्थन र सहयोग रहेको पनि खुलासा गरे । 

मलाई उत्तर कोरियाले अणुअस्त्रको परीक्षण रोक्ने आश्वासन दिएका छन् र उनीहरुले आगामी दिनमा गर्ने सम्भावना पनि छैन, त्यसैले मलाई यो वार्ताप्रति उत्साह जागेको छ– उनले भने । 

उत्तर कोरियाली नेता किम जङ उन र राष्ट्रपति ट्रम्पबीच आगामी मे महिनाको अन्तिमतिर भेटवार्ता हुने भएको समाचार हालैमात्र आएको थियो । 

उनसँगको भेटवार्ताका लागि उत्तर कोरियाली नेता उनको आमन्त्रण स्वीकार गर्नुअघि राष्ट्रपति ट्रम्पले जापानी प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिसँग फोनवार्ता गरेको पनि बताइएको छ । 

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प उत्तर कोरियाका नेता उनसँग भेट्न तयार हुनुभएको समाचार बिहीबार मात्र आएको थियो । उत्तर कोरियाली नेता उनको आग्रहमा राष्ट्रपति ट्रम्प उनलाई भेट्न तयार भएका छन् । 

अमेरिकी र उत्तर कोरियाली नेताहरुसँग भेटवार्ता गरेका दक्षिण कोरियाली राष्ट्रपतिका विशेषदूतले बिहीबार अमेरिकाबाट सो जानकारी दिए । 

दक्षिण कोरियाका राष्ट्रपति मुन जाय–इनका विशेषदूतका रूपमा राष्ट्रिय सुरक्षा सल्लाहकार चुङ इयु–योङ र दक्षिण कोरियाको गुप्तचर निकायका प्रमुख दक्षिण कोरियाली राष्ट्रपति र उत्तर कोरियाली नेता उनको सन्देश बोकेर अमेरिका गएका थिए । 

उनीहरुले संयुक्तराज्य अमेरिकाका सुरक्षा र गुप्तचरसम्बन्धी उच्च अधिकारीका साथै अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनसँग भेटवार्ता गरी हालैको प्योङयाङ भ्रमणका बारेमा जानकारी गराएका थिए । 

त्यसपछि राष्ट्रपति ट्रम्प किमसँग भेटवार्ताका लागि तयार भएको समाचारमा जनाइएको छ । 

उत्तर कोरियाली नेता किमले राष्ट्रपति ट्रम्पलाई भेटवार्ताको लागि प्रस्ताव गरेका र सोही वार्ताको वातावरण निर्माणका लागि भन्दै आफूहरुले अणुअस्त्रको परीक्षणको काम पनि रोक्ने आश्वासन दिएका थिए । 

दक्षिण कोरियाली अधिकारीहरुका अनुसार किमले पारमाणविक र क्षेप्यास्त्र परीक्षणहरु स्थगन गर्न सहमति जनाउनुभएको छ भने आणविणक निस्शस्त्रीकरणका लागि पनि प्रतिबद्धता व्यक्त गरे । 

यो घटनाक्रम चिनियाँ विदेशमन्त्री वाङ यिले उत्तर कोरिया र अमेरिकालाई वार्तागर्न आग्रह गरेको भोलिपल्ट विकसित भएको देखिएको छ । 

गएको बिहीबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा उनले सो आग्रह गरे । उनले यी दुई देशले जतिसक्दो चाँडै शान्तिवार्ता गर्नुपर्ने सुझाव दिएका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै