• २०८१ बैशाख १४ शुक्रबार

ज्योति गुरुङको ‘मेरो ड्याडी’मा सुनिता र सुप्रिमको स्वर

kharibot

काठमाडौं । गीतकार ज्योति गुरुङद्वारा लिखित ‘मेरो ड्याडी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गत शुक्रबार जेजी क्रियसन युट्युब च्यानलमार्फत गीत सार्वजनिक भएको हो ।  

गीतमा गायिका सुनिता दुलाल र बाल गायक सुप्रिम मल्ल ठकुरीको स्वर रहेको छ । गंगाराज राईको संगीत रहेको गीतमा राजु कार्कीले संगीत संयोजन गरेका छन् । किङ्ग रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतमा राजु कार्कीले मिक्सिङ एण्ड मास्टरिङ गरेका छन् ।

गीतको भिडियोमा अभिनेता पुष्प खड्का र मोडल सारिका केसीलाई फिचरिङ गरिएको छ । भिडियोमा मौसम हिमालीको निर्देशन रहेको छ । नवराज उप्रेतीले छायाँकन गरेको भिडियोलाई राजकुमार श्रेष्ठले सम्पादन गरेका हुन् ।

राइज मिडिया नेटवर्कले पोष्ट प्रोडक्सन गरेको भिडियोमा सिमोन लामाले कलर गरेका हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै