• २०८१ बैशाख ८ शनिबार

नेपालको पासपोर्ट देखेपछि सम्मानको व्यवहारले हेर्ने दिन आउछ – प्रधानमन्त्री ओली 

kharibot

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको पासपोर्ट देखेपछि सम्मानको व्यवहारले हेर्ने दिन आउने बताएका छन् । 

प्रतिनिधिसभाको बैठकमा विस्वासको मत लिनु अघि सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफु विकास र देशमा आमुल परिवर्तन ल्याउन प्रधानमन्त्री भएको भन्दै नेपालको पासपोर्ट देखेपछि सम्मानको व्यवहारले हेर्ने दिन आउने बताएका छन् ।    

प्रधानमन्त्री ओलीले आफु देश विकास गर्न र देशमा आमुल परिवर्तन ल्याउन प्रधानमन्त्री भएको बताए । उनले आफु भ्रष्ट्राचार गर्न प्रधानमन्त्री नभएको भन्दै आफुले पनि भ्रष्ट्राचार नगर्ने र गर्न पनि नदिने बताए ।

हामी कँहा प्रतिपक्षमा बसेर सत्ता पक्षलाई मत दिने अभ्यास भएको प्रति व्यंग गर्दै आफुलाई कसैले भोट नदिनु पर्ने कुनै कारण नरहेको बताए । लोकतन्त्रलाई हक र अधिकारको रुपमा मात्र होइन समग्र समाजको आमुल परिवर्तनसहितको लोकतन्त्रको परिकल्पना गरेको बताएको छन् ।

प्रधानमन्त्री ओलीले हिजो भएका असमानता, विभेदको अन्त्य गर्दै विभेद रहितको समाजको स्थापना गर्ने उद्धेश्य सहितको लोकतन्त्र हुनु पर्ने बताए । प्रधानमन्त्रीले सामाजिक सद्भाव, एक अर्काका भावना, संस्कृतिको सम्मानका साथ् अगाडी बढ्नुको विकल्प नभएको बताएका छन् ।

शान्ति र स्थिरता चाहेको बताउदै प्रधानमन्त्री ओलीले शान्ति र स्थिरताले नै आर्थिक विकास गर्न सकिने बताए ।

देशलाई अगाडी बढाउन पक्ष प्रतिपक्ष एक भएर अगाडी बढ्नुपर्नेमा जोड दिए । विरोधका लागि विरोध गर्ने छुट अहिले प्रतिपक्षलाई पनि नभएको बताए ।

अब देश समृद्धितर्फ बढेको बताउदै विकासको एजेन्डा या अभियान सत्ता पक्षको मात्र नभएकोले यो सबैको साझा अभियान भएकोले एक भएर अगाडी बढ्नुपर्नेमा जोड दिए ।   

प्रधानमन्त्री ओलीले कैलाली घटनाको बारेमा बोल्दै विश्वले नारी दिवस मनाइरहेका बेला हामी कँहा एक चेलीलाई बोक्सीको आरोपमा खुलेआम समाजका आगाडी यातना दिएको बताउदै यस्ता घटनाले हामी कँहा छौ भन्ने कुरा देखिएको बताए ।

प्रधानमन्त्रीले अहिलेपनि समाजमा हिंसालाई सिद्धान्तको विषय बनाएर, यतिबेला पनि क्रान्तिका कुरा गरेर अब कहाँ पुग्ने हो भन्दै हामीले विकासका साथै सामाजिक जागरणका कामहरु पनि गर्नुपर्ने भएको बताए ।

 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै