• २०८१ बैशाख ४ मंगलबार

श्रीदेवीको जीवन पिडा र निराशाजनक रहेको उनका अंकलको खुलासा 

kharibot

मुम्बई । बलिवुडकी अभिनेत्री श्रीदेवीको निधन भएको १५ दिन वितेको छ । श्रीदेवीको निधन पछि पनि उनको निधनका विषयमा अनेकौ अड्कलबाजी भइनै रहेका छन् । यसै विच श्रीदेवीको निजी जीवनका बारेमा नयाँ खुलासा भएको छ ।

श्रीदेवीका अंकल बेनुगोपाल रेड्डीले एक तलेगु टिभीलाई दिएको एक अन्तर्वार्तामा श्रीदेवीको जीवन पिडा र निराशाजनक रहेको खुलासा गरेका छन् । सबैको सामुन्ने मुस्कुराउदै गरेकी देखिने श्रीदेवी भित्र भित्र पिडामा रहेको र पिडाकै बिचमा उनले हामीलाई छोडेर गएको उल्लेख गरेका छन् । 

श्रीदेवीका अंकलले श्रीदेवीको निधनमा कहिँ न कहिँ उनका पति बोनी कपुर जिम्मेवार रहेको पनि बताएका छन् । श्रीदेवीका अंकलले बोनी कपुरले फिल्ममा घाटा भएपछि श्रीदेवीको सम्पत्ति बेचेको आरोप लगाएक छन् । आफ्नै आँखा अगाडी आफ्नो सम्पति बिक्रि भइरहेको देख्दा श्रीदेवी भित्र भित्रै पिडामा रहेको उनका अंकलले बताएका छन् । अंकले रेड्डीले परिवारको अवस्था ठिक नभएकाले नै श्रीदेवी फेरी फिल्ममा आएको पनि उनले दाबी गरेका छन् ।  

श्रीदेवीको निधनका बारेमा अनेकौ अड्कलबाजी भएपनि उनको निजी जीवनका बारेमा भने पहिलो पटक यस्तो कुरा बाहिर आएको हो । यस अघि श्रीदेवीको निधन पछि निर्देशक रामगोपाल बर्माले श्रीदेवी आफ्नो जीवन देखि खुशी नभएको बताएका थिए । उनले पछिल्लो समय श्रीदेवी निकै दुखि भएको उल्लेख गरेका थिए ।     
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै