निर्वाचन आयोगद्वारा राजनीतिक दलका प्रतिनिधिसँग छलफल

खरीबोट
ad

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचन सञ्चालन र व्यवस्थापनको तयारीका क्रममा राजनीतिक दलका प्रतिनिधिसँग अन्तक्र्रिया तथा छलफल गरेको छ । 

आयोगमा आज भएको छलफलमा नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनता पार्टी नेपाललगायत प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य दलका नेताको उपस्थिति थियो । 

कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले देशको सर्वोच्च पद राष्ट्रपतिको निर्वाचन त्रुटिरहित तवरले सम्पन्न गर्ने सन्दर्भमा सबै राजनीतिक दलसँग सहयोगका लागि आग्रह गरे । 

निर्वाचन आयुक्त इला शर्मा, नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल, निर्वाचन आयोगका सचिव वेगेन्द्रराज शर्मा पौड्यालको उपस्थिति रहेको उक्त कार्यक्रममा आयोगका सहसचिव एवं प्रवक्ता नवराज ढकालले राष्ट्रपति निर्वाचनसम्बन्धी कानूनी व्यवस्था, गर्नुपर्ने व्यवस्थापकीय पक्ष, मतदान गर्ने सही तरिका तथा मतगणनासम्बन्धी विषयमा प्रस्तुतिकरण गर्ेका थिए । 

सम्बन्धित समाचार

एन्फा निर्वाचनमा अनियमितता, आरोप प्रमाणित गर्न चुनौती

काठमाडौँ। अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को गत वैशाखमा भएको निर्वाचनमा लाखौँ रकम अनियमितता भएको आरोप लगाइएको छ ।  एन्फा निर्वाचन भएको करिब पाँच महिनापछि आज यहाँ आयोजित पत्रकार सम्मेलनमा एन्फाका पूर्वउपाध्यक्ष

जनस्वास्थ्य सङ्घमा निर्वाचन हुने

काठमाडौँ /  नेपाल जनस्वास्थ्य सङ्घको नयाँ नेतृत्व चयन गर्न यही असोज १३ गते निर्वाचन हुने भएको छ ।  नेपाल जनस्वास्थ्यकर्मी सङ्घ ९प्रजातान्त्रिक० समूह र नेपाल जनस्वास्थ्यकर्मी ९प्रगतिशील० समूह मुख्यरुपमा चुनावी प्रतिस्पर्धामा रहेका

माल्दिभ्सको आम निर्वाचनमा प्रमुख विपक्षी नेता सोलिहले चुनाव जितेको दाबी  

माले।  माल्दिभ्समा आइतबार भएको निर्वाचनमा प्रमुख प्रतिपक्षी दलका नेता इब्राहिम मोहम्मद सोलिह विजयी हुने सम्भावना देखिएको मिडिया रिपोर्टमा जनाइएको छ। सोलिहले आफुले चुनावमा जित हासिल गरेको दाबी गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले

सङ्घीय संसदको दुई संयुक्त समितिका सभापति निर्वाचन कार्यक्रम सार्वजनिक 

काठमाडौँ। सङ्घीय संसद् (प्रतिनिधिसभा÷ राष्ट्रियसभा) का संयुक्त दुई समितिका सभापतिको निर्वाचन कार्यक्रम आज सार्वजनिक भएको छ ।  ती संयुक्त समितिमा संसदीय सुनुवाइ र राज्यका निर्देशक, सिद्धान्त, नीति र दायित्व समिति छन्