• २०८१ बैशाख ७ शुक्रबार

भारतमा नक्कली आइपिएल !

kharibot

काठमाडौँ । आईपीएल अर्थात इन्डियन प्रिमियर लिगले भारतमा मात्रै नभई विश्वभर लोकप्रिय रहेको छ । म्याचको नतिजामा सट्टेबाजीको खबर पनि धेरै छ । यो सट्टेबाजीबाट ठूलो रकम कमाउने लोभमा गुजरातका एक व्यक्तिले नक्कली आईपीएल गराएको खुलासा भएको छ । रसियामा बसेका मानिसहरूले पनि यसमा पैसा लगाएका थिए ।

यस प्रतियोगितामा खेलाडी, टोली र अम्पायर समेत नक्कली थिए । रंगशालामा बसेका दर्शकको आवाज समेत इन्टरनेटबाट डाउनलोड गरिएको थियो । युट्युबमा प्रत्यक्ष प्रसारण भइरहेको थियो । सबै कुरा यति राम्ररी गरिएको थियो की रूसी बुकीहरूले यसलाई वास्तविक टूर्नामेंट माने ।

नक्कली आईपीएलमा पनि टोलीको नाम, जर्सी, कमेन्टेटर र खेलाडीहरू वास्तविक प्रतियोगितामा जस्तै प्रस्तुत गरिएको थियो । यस लिगमा सिएसके, एमआई, जिटी जस्ता टोलीहरू समावेश थिए । २१ जना मजदुर र युवासहितको टोली गठन गरिएको हो । खेल खेल्नका लागि प्रत्येक मजदुरलाई चार सय रुपैयाँ दिइएको थियो ।

फार्म हाउसमा फ्लड लाइट र क्यामेरा राखेर नक्कली आईपीएल चलाउने गिरोह सोमबार नै पक्राउ परेको हो । यसअघि उनीहरुले क्वाटरफाइनलसम्म खेल खेलेका थिए । महसानाको वडनगर तालुकको मोलिप उर गाउँमा यो नक्कली लिग आयोजना भइरहेको प्रहरी अधिकारी भावेश राठोडले बताए । शोएबले गुलाम मसिहको फार्म भाडामा लिएर क्रिकेट मैदानमा परिणत गरेका थिए ।

खेललाई वास्तविक देखाउन आरोपितले मैदानमा फ्लडलाइट जडान गरेका थिए । पाँच वटा एचडी क्यामेरा र अम्पायरिङका लागि वाकी-टकीको व्यवस्था पनि गरिएको थियो । मेरठबाट एक व्यक्तिलाई कमेन्ट्रीका लागि ल्याइएको थियो, जो प्रसिद्ध कमेन्टेटर हर्षा भोगलेको जस्तो आवाज निकाल्न सिपालु थिए ।

लिग सट्टेबाजी उद्देश्यका लागि आयोजना गरिएको थियो र मुख्य रूपमा रूसी बजारमा लक्षित थियो । एक टेलिग्राम च्यानल मार्फत सट्टेबाजी भइरहेको थियो । यसमा रुसी सहर टभर, भोरोनेज र मस्कोबाट सट्टेबाजी भइरहेको थियो । योसँगै युरोपका केही सहरहरूले पनि यो नक्कली लिगमा सट्टेबाजी गरिरहेका थिए ।

सट्टेबाजीका लागि चर्चित रुसी पबमा ८ महिना काम गरेर मोलीपुर फर्केका शोएब दावडाले यो ठगी गरेको रसियाबाट फर्किएका मुख्य योजनाकार प्रहरीले बताएको छ । रुसी पबमा काम गर्ने क्रममा सोएबले यस प्रकारको ठगीका विशेषज्ञ आसिफ मोहम्मदलाई भेटेको प्रहरीलाई बताए ।

प्रहरीले एक अभियुक्तलाई पक्राउ गरेको छ भने एक अभियुक्त अझै फरार छन् । क्रिकेट मैदानमा जडान गरिएका फ्लडलाइट, साउन्ड सिस्टम र क्रिकेट किट समेत बरामद गरिएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै