• २०८१ बैशाख ८ शनिबार

प्रधानमन्त्री ओलीलाई दुईतिहाई सांसदले दिए मत 

kharibot

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा दुई तिहाई मत पाएका छन् ।

प्रतिनिधिसभामा विस्वासको मत लिदै उनलाई संसदका २०८ सांसदले मत दिएका छन् । उनको विपक्षमा ६० मत परेको छ । जसमा नेपाली काँग्रेसले प्रस्तावको विपक्षमा मतदान गरेको छ ।

संसदको बैठकमा कुल २६८ सांसद उपस्थित रहेका थिए । जसमा प्रधानमन्त्रीलाई विश्वासको मत दिने पक्षमा २०८ र विपक्षमा ६० मत परेको थियो ।

संसदमा प्रमुख विपक्षी दल नेपाली काँग्रेस र नयाँ शक्तिले मत नदिने भने पनि नयाँ शक्तिका सांसद डा बाबुराम भट्टराई बैठकमा उपस्थित थिएनन् ।

दुई तिहाई मत प्राप्त गरेसँगै प्रधानमन्त्री ओली शक्तिशाली प्रधानमन्त्री बनेका छन् । संसदको बैठकमा मतदान गरेर विश्वासको मत लिइएको थियो ।

विश्वासको मतदान हुनुअघि प्रधानमन्त्री ओलीले सांसदहरुले सोधेको प्रश्नको जवाफ दिदै सबै मिलेर देशलाई आर्थिकरुपमा सम्पन्न बनाउनु पर्नेमा जोड दिएका थिए । प्रधानमन्त्री ओलीले आफुले देशका लागि राम्रो गर्ने, तर गर्न नसके नारामो भने नगर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।  

काँग्रेसका सांसदहरुलाई व्यंग गर्दै प्रधानमन्त्री ओलीले ड्राइभर, घरमा काम गर्नेले पनि तपाइँहरुलाई केपी ओलीलाई भोट दिनु भयो की भएन भनेर सोध्नेछन् भन्दै दलगत हिसाबले नमिलेको भएपनि तपाईलाई आफ्नै मनले किन भोट नदिएको भनेर सोध्ने भन्दै आफुलाई मत दिन आग्रह गरेका थिए ।

  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै