• २०८१ बैशाख ७ शुक्रबार

चिनियाँ राष्ट्रपति सीको नयाँ कार्यकालका लागि बाटो खुला

kharibot

फाइल तस्बिर

बेइजिङ ।  चीनको ‘नेशनल पिपुल्स कंग्रेस’ले दुई कार्यकालमात्रै राष्ट्रपति रहने पाउने देशको संवैधानिक व्यवस्था अन्त्य गर्ने संविधान संशोधनलाई आइतबार अनुमोदन गरेको छ । 

सन् २०२३ सम्म रहेको चिनियाँ राष्ट्रपति सी चिन पिङले कहिलेसम्म चीनको राष्ट्रपति बन्नेछन् भन्ने सीमाअवधि संविधान संशोधनसँगै हटेको छ । गएको फेब्रुअरीको अन्त्यमा चिनियाँ कम्युनिष्ट पार्टीले राष्ट्रपतिको कार्यकालको समयसीमा हटाउन सिफारिस गरेको थियो । 

उक्त कदमले राष्ट्रपति सी जिनपिङलाई सन् २०२३ मा आफ्नो कार्यकाल समाप्त भएपछि पनि सम्भवतः अनिश्चितकालसम्म सत्तामा रहिरहन बाटो खोलिदिने विश्वास गरिएको छ । 

कुल २ हजार ९ सय ६४ प्रतिनिधिमध्ये दुई जनाले मात्रै विपक्षमा मत हालेका थिएभने तीन जना अनुपस्थित रहेका थिए । अरू देशको संसद जस्तै चीनमा नेशनल पिपुल्स कंग्रेस सबैभन्दा शक्तिशाली कानून बनाउने निकाय हो ।

देङ सियाओपिङले सन् १९८२ मा ल्याएको कार्यकालमा सीमा तोक्ने व्यवस्था हटाउनु खतरनाक हुने कतिपय आलोचकहरूले चेतावनी दिएका छन् ।  चीनले राष्ट्रपति पदमा बहाल रहने समयसीमा दुई कार्यकालका लागि सन् १९९० को दशकमा तय गरेको थियो ।

राष्ट्रपति सीले आफ्ना सम्भावित उत्ताराधिकारी प्रस्तुत गर्ने प्रचलन गएको अक्टोबरमा बसेको कम्युनिष्ट पार्टीको महाधिवेशनमा तोडिदिएका थिए ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै