• २०८१ बैशाख १२ बुधबार

नेपाल भर्सेज हङकङ : नेपालको सुपरसिक्स यात्रा असम्भव, एकदिवसीय मान्यताको सम्भावना कायमै  

kharibot

काठमाडौँ । जिम्बावेमा जारी आईसीसी विश्वकप छनोट अन्तर्गत समूह बी को आफ्नो अन्तिम खेलमा नेपालले आज हङकङबिरुद्ध खेल्दैछ ।

सुपर सिक्स चरणमा पुग्ने सम्भावना लगभग सकिएको नेपालका लागि हङकङलाई पराजित गरेर एकदिवसीय स्ट्याटस पाउने सम्भावनालाई जीवित राख्नु आजको खेलको उद्धेश्य हुने छ ।

नेपालको एकदिवसीय मान्यता पाउन समूह ए को खेलमा पनि भर पर्नुपर्ने भएपनि आफ्नो तर्फबाट सकारात्मक खेल खेल्नु बाहेक नेपालका सामु अन्य विकल्प देखिदैन ।

प्रतियोगितामा स्कटल्याण्डले सुपर सिक्समा प्रवेश गर्दै आफ्नो एकदिवसीय मान्यताको लागि पनि ठाउ सुरक्षित गरिसको छ । त्यस्तै समुह ए मा युएई हाल तेस्रो स्थानमा भएकाले सुपर सिक्समा पुग्ने तय आजको खेलबाट हुने देखिन्छ । तर पनि एक दिवसीय सस्ट्याटसको लागि नेपालको सम्भावना अझै राम्रो नै देखिन्छ । आजको खेलमा हङकङलाई पराजित गरेर सातौ स्थानको प्ले अफका लागि नेपालले ठाउ सुरक्षित गर्नुपर्ने देखिन्छ ।

सुपरसिक्समा पुग्न नसकेका ४ टोलीबीच सातौं स्थानका लागि क्रश प्लेअफ हुनेछ । समूह ‘ए’मा चौथो हुने टोलीले समूह ‘बी’को पाँचौं र समूह ‘बी’मा चौथो हुनेले र समूह ‘ए’को पाँचौं टोलीसँग प्लेअफ खेल्नेछन् ।

दुवै खेलको विजयी टोलीले सातौं स्थानका लागि खेल्नेछ, भने हार्ने दुई नवौं स्थानका लागि आमने-सामने हुनेछन् ।

यदि प्लेअफको पहिलो खेल जितेमा सातौं स्थानका लागि हुने खेल पनि जितेर एकदिवसीय मान्यता पाउन सकिन्छ । तर आजको खेलमा हङकङ विजयी भएमा भने यी सब सम्भावना सकिन्छन् । 

नेपाल भर्सेज हङकङ इतिहास :

नेपाल र हङकङको इतिहास हेर्ने हो भने नेपाल अगाडि छ । अहिलेसम्म यी दुई टोली १२ पटक खेलेका छन् जसमा ६ पटक नेपालले जितेको छ भने ५ पटक हङकङले जित हासिल गरेको छ । एक खेल वर्षाका कारण रद्ध भएको छ ।

प्रमुख खेलाडीको प्रदर्शन :

नेपालका लागि कप्तान पारस खड्काले ३ खेलमा सर्वाधिक १७८ रन बनाएका छन् जसमा अफगानिस्तानविरुद्ध सर्वाधिक ७५ रन, स्कटल्याण्डविरुद्ध ६३ रन र जिम्बाबेविरुद्ध ४० रन रहेको छ । पारसपछि नेपालका आरिफ शेखले तीन खेलमा ७५ र दिपेन्द्र सिंह ऐरीले तीन खेलमा ५६ रन बनाएका छन् ।

नेपालको यस प्रतियोगितामा ब्याटिंग निकै चिन्ताको विषय बनेको छ । ओपनरले राम्रो सुरुवात दिन नसक्दा नेपालले रन बनाउन सकिरहेको छैन भने मध्यक्रममा कप्तान पारस खड्कालाई साथ दिने कोहि देखिएको छैन ।

त्यस्तै हङकङका लागि अन्शुमन राठले तीन खेलमा सर्वाधिक १५० रन बनाएका छन् । उनको एक खेलमा सर्वाधिक रन ८५ रहेको छ । त्यस्तै निजाकत खानले तीन खेलमा ६७, बबर ह्यातले ५२ रन बनाएका छन् । यस प्रतियोगितामा हङकङको ब्याटिंग पनि लगभग नेपालको जस्तै नै देखिएको छ ।

बलिङतर्फ नेपालका तर्फबाट बसन्त रेग्मी र सन्दीप लामिछानेले ४-४ विकेट लिएका छन् । डिभिजन २ मा १७ विकेट लिएर प्लेयर अफ द टुर्नामेन्ट बनेका सन्दीप यस प्रतियोगितामा आफ्नो जादु देखाउन असफल भएका छन् जसका कारण पनि नेपालले खेलमा जित हासिल गर्न सकेको छैन । नेपाली बलिङ धेरै हद सम्म सन्दीपमा भर परेको अवस्थामा उनले विकेट नलिदा नेपालको बलिङ पनि एक्स्पोज भएको छ । त्यस्तै नेपालका लागि दिपेन्द्र ऐरीले ३ विकेट लिएका छन् ।

त्यस्तै हङकङका लागि एहसान खानले प्रतियोगितामा ९ विकेट लिएर सर्वाधिक विकेट लिने खेलाडीको सुचिमा शिर्ष स्थानमा रहेका छन् । प्रतियोगितामा उनीसंगै अन्य तीन खेलाडीले ९ विकेट लिएका छन् । त्यस्तै हङकङका एहसान नवाजले ६ विकेट लिएका छन् भने नदीम अहमदले तीन विकेट लिएका छन् ।

नेपाली टिम : 

पारस खड्काको कप्तानीमा रहेको नेपाली टिममा ज्ञानेन्द्र मल्ल उपकप्तान छन् । अन्य खेलाडीमा आरिफ शेख, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, दिलीप नाथ, ललित भण्डारी, अनिलकुमार साह, रोहितकुमार पौडेल, ललित नारायण राजवंशी, शक्ति गौचन, बसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी, करण केसी छन् ।
          
   
 
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै