• २०८१ बैशाख ४ मंगलबार

हलिवुडमा रेकर्ड तोड्दै ‘ब्ल्याक प्यान्थर’, कमायो एक अर्ब डलर 

kharibot

काठमाडौँ । हलिवुड फिल्म ब्ल्याक प्यान्थरले अहिले बक्स अफिसमा कैयौ रेकर्ड तोडिरहेको छ । 

संसार भरी अहिलेसम्म एक अर्ब डलर भन्दा बढी कमाई गरिसकेको यो फिल्म डिजनिको मार्भल युनिभर्सको पाचौ फिल्म हो । 

अधिकांश काला कलाकारले अभिनय गरेको यस फिल्मले एक अर्ब डलरको ब्यापार गर्ने हलिवुडको ३२औ फिल्म बनेको छ । यस सुचिमा जेम्स बन्ड सिरिजको स्काईफल, २०१७ मा आएको ब्युटी एण्ड द बेस्ट,  फ्रोजन जस्ता फिल्म सामेल छन् ।

यस फिल्ममा माइकल बि जोर्डन, लुपिटा न्युगो, चैडविक बाजम्यान जस्ता कालाकारले अभिनय गरेको यस फिल्मका निर्देशक रेयान कुगलरपनि काला हुन् ।

अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाकी पत्नी मिचेल ओबामाले फिल्मको बारेमा प्रतिक्रिया दिदै अधिकांश कलाकार काला भएकोमा यस फिल्मको तारिफ गरेकी छन् ।

हलिवुडका फिल्म विश्लेषकहरुले काला कलाकार मात्र भएको फिल्म चल्दैन भन्नेहरुलाई ब्ल्याक प्यान्थर एक सहि जवाफ भएको बताएका छन् ।

फिल्ममा वकाण्डा नाम गरेकी एक अफ्रिकी काल्पनिक देश जहा अभिनेता चैडविक वाजम्यान त्यस देशमा भएको अपराधविरुद्ध लड्ने शासकको भूमिकामा रहेका छन् । यस देशलाई संसारको सबैभन्दा आधुनिक प्रविधियुक्त देशको रुपमा प्रस्तुत गरिएको छ । फिल्ममा ओस्कार विजेता लुपीटा न्योगो, माइकल बि जोर्डन र डेनियल कलुयाले प्रमुख भूमिका निभाएका छन् । फिल्ममा ‘द हेविट’ का स्टार मार्टिन फ्रीम्यानले एक सिआइए एजेन्टको भूमिका निभाएका छन् ।

फिल्मका निदेशक कुगलरले भावुक पत्र लेख्दै सम्पूर्ण दर्शकहरुलाई धन्यवाद दिएका छन् । उनले आहिले आफुले कुन शब्दले आभार व्यक्त गरु, आफूसँग कुनै शब्द नभएको बताउदै फिल्मलाई मन पराएकोमा धन्यवाद दिएका छन् । 
 

 
   
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै