• २०८१ बैशाख ८ शनिबार

रोनाल्डोलाई साउदी अरबको बम्पर अफर !

kharibot

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोलाई साउदी अरेबियाको एक क्लबले ३०० मिलियन युरोको अफर गरको रिपोर्ट सार्बजनिक भएको छ ।

सिएनएन पोर्चुगलका अनुसार रोनाल्डो साउदी अरेबिया खेल्न आएमा ३०० मिलियन युरो दिने प्रस्ताव दिइएको उल्लेख छ ।

जसमा ३० मिलियन म्यानचेस्टर युनाइटेडलाई दिने, २० मिलियन एजेन्टलाई कमिशन र साढे २ सय मिलियन युरो रोनाल्डोलाई दिने उल्लेख गरिएको छ ।

रोनाल्डोलाई २ बर्षको लागि अफर गरिएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

केहि साताअघि रोनाल्डोले आफु क्लब छोड्न चाहेको बताए पनि उनलाई किन्ने क्लब बारे अहिलेसम्म स्पष्ट हुन सकेको छैन । अहिलेसम्म पिएसजी, बायर्न म्युनिख जस्ता क्लबले रोनाल्डोलाई किन्न अस्वीकार गरेको रिपोर्ट बाहिर आएको छ । रोनाल्डोमाथि धेरै चासो देखाएको चेल्सीले पनि रोनाल्डोलाई नकिन्ने भएको छ । चेल्सीका प्रशिक्षक थोमस टुचेल र नयाँ मालिक टोड बोएहलीले एक व्यक्तिमा फोकस गर्नु भन्दा टिम बनाउन लाग्नुपर्ने भन्दै रोनाल्डोलाई भित्र्याउने योजनाबाट पछि हटेको बताइएको छ ।    

रोनाल्डोलाई भित्र्याउन उच्च चासो देखाएको चेल्सीपछि हटेपछि अब रोनाल्डो नयाँ क्लबमा जाने बारे थप अन्योल भएको छ ।

क्लब छोड्ने चर्चाका बीच रोनाल्डो हाल युनाइटेडको प्रि-सिजन टूरबाट पनि बाहिर रहेका छन् । यता म्यानचेस्टर युनाइटेडले भने रोनाल्डो विक्रिमा नभएको र आफुहरुको आउदो सिजनको योजनामा रोनाल्डो रहेको स्पष्ट गरेको छ । युनाइटेडमा रोनाल्डोको जुन २०२३ सम्म सम्झौता रहेको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै