• २०८१ बैशाख ७ शुक्रबार

एमालेबाट गणेश तिमल्सिना बने राष्ट्रियसभा अध्यक्षको उम्मेदवार

kharibot

काठमाडौं । नेकपा एमालेले पार्टीका पोलिटब्यूरो सदस्य गणेश तिमल्सिनालाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

एमाले शीर्ष नेताहरुको सोमबार बसेको बैठकले तिमल्सिनालाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो । तिमल्सिना पोलिटब्यूरो सदस्य एवं प्रदेश ४ का सहसंयोजक हुन् ।

अध्यक्षका अर्का दावेदार परशुमेघी गुरुङलाई राष्ट्रियसभामा दलको नेता बनाउने निर्णय भएको कार्यालय सचिव एवं सांसद कृष्णगोपाल श्रेष्ठले जानकारी दिएका छन् ।

राष्ट्रियसभा अध्यक्षका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । संसद भवन नयाँ वानेश्वरमा बिहान १० बजेदेखि १ बजेसम्म उम्मेदवारी दर्ताको समय दिइएको छ । उम्मेदवारमाथिको दाबीविरोध पछि दिउँसो १:३० बजे अन्तिम नामावली प्रकाशन गरिने कार्यक्रम रहेको छ ।

एमालेबाट परशुराम मेघी गुरुङ,  गणेश तिमल्सिना, सुमन प्याकुरेल, बलराम बास्कोटा र खिमलाल भट्टराईलगायतको नाम चर्चामा रहेका थिए । एमाले-माओवादीको सहमति अनुसार प्रतिनिधि सभाको सभामुखमा माओवादीका नेता कृष्णबहादुर महरा निर्वाचित भैसकेका छन् ।

राष्ट्रियसभा अध्यक्षको चुनाव फागुन ३० गते हुँदैछ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै