• २०८१ बैशाख ८ शनिबार

हङकङले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै

kharibot

काठमाडौँ । आसीसी विश्वकप छनौटको अन्तिम खेलमा नेपालले हङकङविरुद्ध टस हारेर पहिला बलिङ गर्ने भएको छ ।  हङकङका कप्तान बबर ह्यातले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका छन् । 

नेपालले यस अघि खेलका तीन खेलमा हार बेहोर्दै अंक तालिकामा बिना अंक पुछारमा रहेको छ भने हङकङले एक खेल जित्दै २ अंक सहित अंक तालिकामा चौथो स्थानमा रहेको छ । 

आजको खेलमा नेपालले जित निकै फराकिलो अन्तरमा जित हासिल गरेमात्र सुपर सिक्समा जान सक्ने भएपनि त्यो असम्भव जस्तै देखिएको छ तर हङकङमाथि जित हासिल गरे एक दिवसीय मान्याता पाउने सम्भावना भने जिवितै रहन्छ ।

यता हङकङ भने आज नेपाललाई पराजित गरेमा सिधै सुपर सिक्समा  पुग्दछ र नेपालको एक दिवसीय मान्यता माउने सम्भावना पनि सकिन्छ ।
           
नेपाल भर्सेज हङकङ इतिहास :
 

नेपाल र हङकङको इतिहास हेर्ने हो भने नेपाल अगाडि छ । अहिलेसम्म यी दुई टोली १२ पटक खेलेका छन् जसमा ६ पटक नेपालले जितेको छ भने ५ पटक हङकङले जित हासिल गरेको छ । एक खेल वर्षाका कारण रद्ध भएको छ ।

प्रमुख खेलाडीको प्रदर्शन :

नेपालका लागि कप्तान पारस खड्काले ३ खेलमा सर्वाधिक १७८ रन बनाएका छन् जसमा अफगानिस्तानविरुद्ध सर्वाधिक ७५ रन, स्कटल्याण्डविरुद्ध ६३ रन र जिम्बाबेविरुद्ध ४० रन रहेको छ । पारसपछि नेपालका आरिफ शेखले तीन खेलमा ७५ र दिपेन्द्र सिंह ऐरीले तीन खेलमा ५६ रन बनाएका छन् ।

नेपालको यस प्रतियोगितामा ब्याटिंग निकै चिन्ताको विषय बनेको छ । ओपनरले राम्रो सुरुवात दिन नसक्दा नेपालले रन बनाउन सकिरहेको छैन भने मध्यक्रममा कप्तान पारस खड्कालाई साथ दिने कोहि देखिएको छैन ।

त्यस्तै हङकङका लागि अन्शुमन राठले तीन खेलमा सर्वाधिक १५० रन बनाएका छन् । उनको एक खेलमा सर्वाधिक रन ८५ रहेको छ । त्यस्तै निजाकत खानले तीन खेलमा ६७, बबर ह्यातले ५२ रन बनाएका छन् । यस प्रतियोगितामा हङकङको ब्याटिंग पनि लगभग नेपालको जस्तै नै देखिएको छ ।

बलिङतर्फ नेपालका तर्फबाट बसन्त रेग्मी र सन्दीप लामिछानेले ४-४ विकेट लिएका छन् । डिभिजन २ मा १७ विकेट लिएर प्लेयर अफ द टुर्नामेन्ट बनेका सन्दीप यस प्रतियोगितामा आफ्नो जादु देखाउन असफल भएका छन् जसका कारण पनि नेपालले खेलमा जित हासिल गर्न सकेको छैन । नेपाली बलिङ धेरै हद सम्म सन्दीपमा भर परेको अवस्थामा उनले विकेट नलिदा नेपालको बलिङ पनि एक्स्पोज भएको छ । त्यस्तै नेपालका लागि दिपेन्द्र ऐरीले ३ विकेट लिएका छन् ।

त्यस्तै हङकङका लागि एहसान खानले प्रतियोगितामा ९ विकेट लिएर सर्वाधिक विकेट लिने खेलाडीको सुचिमा शिर्ष स्थानमा रहेका छन् । प्रतियोगितामा उनीसंगै अन्य तीन खेलाडीले ९ विकेट लिएका छन् । त्यस्तै हङकङका एहसान नवाजले ६ विकेट लिएका छन् भने नदीम अहमदले तीन विकेट लिएका छन् ।

नेपाली टिम : 

पारस खड्काको कप्तानीमा रहेको नेपाली टिममा ज्ञानेन्द्र मल्ल उपकप्तान छन् । अन्य खेलाडीमा आरिफ शेख, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, दिलीप नाथ, ललित भण्डारी, अनिलकुमार साह, रोहितकुमार पौडेल, ललित नारायण राजवंशी, शक्ति गौचन, बसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी, करण केसी छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै