• २०८१ बैशाख १४ शुक्रबार

लेवानडोस्कीलाई बार्सिलोनामा बेच्न बायर्न सहमत

kharibot

काठमाडौँ । रोबेर्ट लेवानडोस्कीअन्तत: बार्सिलोना जाने निश्चित भएको छ ।

बार्सिलोनाले लेवानडोस्कीलाई किन्ने प्रस्ताव बायर्न म्युनिखले स्वीकार गरेपछि उनको बार्सिलोना जाने निश्चित भएको हो ।

बार्सिलोनाले लेवानडोस्कीलाई तीन बर्षका लागि सम्झौता गर्न लागेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । उनी मेडिकलका लागि आजै बार्सिलोना जाने बताइएको छ ।

बार्सिलोनाले लेवानडोस्कीका लागि ५० मिलियन युरो खर्च गरेको छ । बार्सिलोनाले यस अघि दिएको ४० मिलियन युरोको अफरलाई बायर्नले अस्वीकार गरेको थियो ।

बायर्नमा के बर्षको सम्झौता बाँकी रहे पनि उनले गत फेब्रुअरी देखि नै क्लब छोड्ने इच्छा व्यक्त गरेका थिए ।

बायर्नम्युनिखमा ८ सिजन खेलेका लेवानडोस्की अहिले उनको क्यारियरको उच्च विन्दुमा रहेका छन् । उनले गत सिजनमा मात्र बायर्नका लागि ४६ खेलमा ५० गोल गरेका छन् ।

उनले बायर्नमा कुल ३७५ खेलमा ३४४ गोल गरेका छन् ।

बायर्नमा ८ सिजनमा ८ लिग उपाधि जितेका लेवानडोस्कीले २०२१ बेलुन डोअर र २०२० र २०२१ मा फिफाको बेस्ट खेलाडीको अवार्ड जितेका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै