• २०८१ बैशाख ८ शनिबार

प्रचण्ड दिल्लीमा व्यस्त, प्रधानमन्त्री मोदीलाई पनि भेट्दै

kharibot

काठमाडौं । भारत भ्रमणका लागि शुक्रबार दिल्ली पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल शनिवार दिनभर ब्यस्त रहने भएका छन ।

भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जेपी नडडाको निमन्त्रणमा शुक्रवार दिल्ली पुगेका प्रचण्डले बिदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता देखी एक सेमिनारमा प्रमुख बक्ताको रुपमा सम्वोधन गर्नेछन ।

शनिवार सुरुमा भारतीय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता गर्ने प्रचण्डले लगत्तै बिदेश मन्त्री एस जयशंकरसँग द्धि–पक्षीय वार्ता गर्नेछन भने सो लगत्तै बिदेश सचिव विनय मोहन क्वात्रासँग भेटघाट गर्नेछन । 

सो भेटवार्ता पछि फाउन्डेसन फर पब्लिक अवरनेस एन्ड पोलिसी नामक संस्थाद्धारा आयोजित सेमिनारमा प्रमुख बक्ताको रुपमा सहभागी हुने कार्यक्रम तय भएको छ, जसमा उनले नेपाल भारत सबन्धका बारेमा आफनो टिप्पणी राख्नेछन । 

साँझ बिदेश मन्त्री जयशंकरले माओवादी अध्यक्ष प्रचण्डको सम्मानमा दिएको रात्री भोजमा सहभागी हुनेछन, जसमा भारत सरकार मन्त्रीहरु पनि सहभागी हुने बताईएको छ ।

यसैगरी, आइतवार भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ भने आइतबार नै प्रचण्डले भाजपा मुख्यालयको भ्रमणमा पुग्नेछन, त्यसक्रममा उनले भाजपा अध्यक्ष जेपी नड्डासँग भेटघाट गर्नेछन । माओवादी अध्यक्ष प्रचण्डको सम्मानमा भाजपा अध्यक्षले दिएको सोही दिन आयोजना गरेको दिवा भोजमा सहभागी हुने कार्यक्रम रहेको छ ।

गत शुक्रवार दिल्ली पुगेका प्रचण्डलाई भाजपा बिदेश बिभाग प्रमुख बिजय चौथाईवालाले स्वागत गरेका थिए । उनी सोमवार नेपाल फर्कनेछन । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै