• २०८१ बैशाख १२ बुधबार

एमसीसी बारे ओलीले झुट बोल्नुभयो- नारायणकाजी

kharibot

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमसीसी बारे एमाले अध्यक्षले झुट बोलेको आरोप लगाएका छन् ।

सामाजिक सञ्जालमा नेता श्रेष्ठले शनिबारको कार्यक्रममा ओलीले एमसीसी सम्झौता अरुले जस्तो गुपचुप राख्नुभन्दा राष्ट्रिय बहस होस् भनेर संसदमा पेश गरेको तर्क गरेको विषय गलत भएको बताएका हुन् ।

नारायणकाजीले भनेका छन्- 

म समेत सहभागी एउटा सार्वजनिक कार्यक्रममा हिजो नेकपा (एमाले ) का अध्यक्ष केपी ओलीले म पछि बोल्दै एमसीसी सम्झौता अरुले जस्तो गुपचुप राख्नु भन्दा राष्ट्रिय बहस होस् भनेर संसदमा पेश गरेको तर्क गर्नुभयो । 

यो सत्य होइन । बास्तबिकता यस्तो छ : एमसीसी सम्झौतालाई त्यसमा समावेश गरिएको प्रावधान अनुसार नेपालको घरेलु ऐन भन्दा माथिल्लो हैसियतमा राख्न नेपालको संधि ऐन अन्तर्गत प्रतिनिधिसभा पारित गर्नु आवश्यक भएको ले एम सि सि अमेरिकाले संझौतामा हस्ताक्षर गर्दाको क्षण देखि नै संसदबाट अनुमोदनका लागि दवावसहित अनुरोध गर्दै आएको थियो । तर त्यो संभव भैरहेको थिएन । पछिल्लो पटक केपी प्रम हुनुभएपछि एमसीसी अमेरिकाले संसदबाट अनुमोदनका लागि नेपाल सरकारलाई औपचारिक पत्र पठायो र केपी सरकारले संसदबाट अनुमोदनका लागि प्रकृया अघि बढायो ।

क. केपीले सोही कार्यक्रममा एमसिसि अनुमोदनको प्रस्ताव पारित गर्ने उदेश्यले आफुले संसदमा नलगेको पनि बताउनुभयो । उहाँले संसद कमजोर भएकाले त्यो पारित ग-यो । त्यसैले त्यसमा आफ्नो कुनै दोष वा कमजोरी छैन । यो पनि सत्य होइन । किनकी उहाँले हाम्रो तात्कालिक पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय समिति लगयतका बैठकहरुमा एमसीसी विशुद्ध आर्थिक बिकासको परियोजना हो र यसमा कुन राष्ट्रिय सार्वभौमिकता एवं राष्ट्रिय हित प्रतिकुलका प्रावधान छैनन् ।

पछि एमसीसी संददबाट अनुमोदन गरिनुभन्दा केही दिन अघि मात्र पनि हाम्रो पार्टीका श्रध्देय अध्यक्ष क. प्रचण्ड, मलगायत केही कमरेडहरु उहाँलाई एमसीसी अनुमोदनलाई संसदबाट मिलेर असफल पारौं र नयाँ गठबन्धन बनाएर अघि बढौं भन्ने प्रस्ताव लिएर गएका थियौं । उहाँले त्यसबेला पनि एमसीसी सम्झौतामा राष्ट्रिय हित बिपरितका कुनै प्रावधान नरहेकाले यो त्यस्तो बिषय होइन भनेर जोड दिनुभएको थियो । हाम्रो द्विपक्षीय  वार्तामा नेकपा (एमाले ) का अन्य ३ जना उच्चस्तरीय नेताहरु पनि सामेल हुनुहुन्थ्यो । उहाँहरु अर्को छुट्टै कारण देखाएर मतदानमा सहभागी हुनुभएन । त्यो अलग्गै बिषय हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै