• २०८१ बैशाख १३ बिहीबार

इटालीमा थप ९० हजारमा कोरोना संक्रमण

kharibot

रोम । इटालीमा थप ९० हजारमा व्यक्तिमा कोभिड–१९ सङ्क्रमण भएको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जनवरी २०२० देखि इटालीमा आधिकारिक रूपमा कोभिड–१९ पुष्टि भएकाहरूको कूल संख्या दुई करोड आठ लाख पुगेको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्याङ्कअनुसार दुई करोडभन्दा बढी कोभिड सङ्क्रमित भएको आधिकारिक पुष्टि हुने मुलुकको सूचीमा इटाली सातौं स्थानमा रहेको छ । 

अहिलेसम्म संयुक्त राज्य अमेरिकामा सबैभन्दा बढी (नौं करोड) व्यक्ति कोभिड–१९ बाट सङ्क्रमित बनेका छन् भने भारत, ब्राजिल, फ्रान्स, जर्मनी र बेलायत बढी सङ्क्रमित मुलुकहरूमध्ये अग्र छ स्थानमा रहेका छन् ।  

विश्वका सबै मुलुकले पुष्टि गरेको सङ्ख्याको तुलनामा वास्तविक सङ्क्रमितको सङ्ख्या अत्यधिक धेरै हुनसक्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

घरमा गरिने परीक्षणहरू वा निदान सरकारद्वारा सार्वजनिक सूचीमा नपर्ने भएकोले उक्त सङ्ख्या कुनै पनि देशले सावैजनिक गरेको सूचीभन्दा अत्यधिक धेरै रहेको अनुमान गरिएको संगठनले जनाएको छ ।

हालैका हप्ताहरूमा इटालीमा कोभिड–१९ को संख्या फेरि बढिरहेको छ र दैनिक संक्रमित सङ्ख्या एक लाखभन्दा बढी हुनसक्ने देखिएको छ । 

तर इटालीमा कोभिडका कारण हुने मृत्यु दर र सघन उपचार केन्द्रमा बिरामीहरूको संख्या यस महामारीको पहिलेको भन्दा धेरै कम छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै