• २०८१ बैशाख ६ बिहीबार

भलिवल नेसन्स लिग- महिला तर्फ इटालीलाई उपाधि

kharibot

काठमाडौं । भलिबल नेसन्स लिग (भिएनएल) २०२२ अन्तर्गत महिलातर्फको उपाधि इटालीले जितेको छ । 

आइतबार राति टर्कीमा  सम्पन्न प्रतियोगितामा युरोपियन च्याम्पियन इटालीले ब्राजिललाई २५–२३, २५–२२, २५–२२ को सोझो सेटमा हरायो । योसँगै ब्राजिल फाइनलमा लगातार तेस्रोपटक हार बेहोर्न बाध्य भएको छ । 

यस्तै, सर्विया तेस्रो भयो । उसले तेस्रो स्थानका लागि भएको खेलमा टर्कीलाई २७–२५, २५–१७, २६–२४ ले पराजित गर्‍याे । 

सन् २०१८ देखि सुरु भएको भिएनएलमा अमेरिका सर्वाधिक तीनपटकको च्याम्पियन हो । 

भिएनएलमा महिलातर्फको प्रतियोगिताको सकिएसँगै बुधबारदेखि पुरुषतर्फको क्वार्टरफाइनलका खेल सुरु हुनेछ । क्वार्टरफाइनलको पहिलो खेलमा साविक विजेता ब्राजिल र अमेरिकाबीच प्रतिस्पर्धा हुनेछ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै