• २०८१ बैशाख ७ शुक्रबार

जनकपुर–वीरगञ्ज रेलमार्ग र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्राथमिकतामा

kharibot

रौतहट । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं तराई द्रुतमार्ग निर्माणका लागि नेपाली सेनालाई जिम्मा दिन आफूले ठूलो चुनौतीको सामना गरेको बताएका छन् ।

चन्द्रपुर नगरपालिकामा आज चन्द्रपुर महोत्सव २०७४ को उद्घाटनपछि आयोजित सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री दाहालले प्रदेश २ को विकासको आधारका रुपमा रहेको जनकपुर–वीरगञ्ज रेलमार्ग र निजगढस्थित अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सरकारको प्राथमिकतामा रहने बताउँदै जनकपुर, पशुुपतिनाथ र लुुम्बिनीलाई धार्मिक पर्यटन विकासका लागि थप योजना ल्याउने तयारी सरकारले गरिरहेको जानकारी दिए । 

कार्यक्रममा सांसद विनोद चौधरीले देश विकासका लागि सरकारले औद्योगिक क्रान्तिको शुरुआत गर्नुपर्ने बताउँदै सरकारले प्रदेश २ मा औद्योगिक क्षेत्रमा लगानी गरेमा आफूले चौधरी पार्क निर्माण गर्ने घोषणा गरे । उनले चन्द्रपुर नगर क्षेत्रमा चौधरी ग्रुपले चाँडै उद्योग स्थापना गरेर रोजगारीको अवसर सिर्जना गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । 

चन्द्रपुर महोत्सव २०७४ चन्द्रनिगाहपुर सिटी जेसिसको मुख्य आयोजना तथा चन्द्रपुर नगर उद्योग वाणिज्य संघ तथा होटल व्यवसायी संघ रौतहटको सहप्रयोजनमा आगामी चैत ७ गतेसम्म चन्द्रनिगाहपुरस्थित तुल्सीलाल अमात्य खेल मैदानमा भइरहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै