• २०८१ बैशाख ८ शनिबार

रोहित र सोमपालले नेपाललाई जिताए, अफगानिस्तान पुग्यो सुपर सिक्समा

kharibot

काठमाडौँ । आसीसी विश्वकप छनौट अन्तर्गतको अन्तिम लिग खेलमा नेपालले हङकङलाई ५ विकेटले पराजित गरेको छ ।

नेपालको जितपछि समुह बि बाट अफगानिस्तान सुपर सिक्समा प्रवेश गरेको छ भने नेपाल समुहमा चौथो भएको छ । हार पछि हङकङ समुहमा पाचौ भएको छ ।

यस जितले नेपा लाई एकदिवसीय स्ट्याटस पाउने सम्भावनालाई जीवित बनाएको छ । नेपालले अब प्ले अफ्मा पपुवान्युगिनीसँग खेल्ने छ भने त्यो खेल जितेमा सातौ स्थानका लागि खेल्न पाउने छ ।  
  
हङकङले दिएको १५४ रनको लक्ष्य पछ्याएको नेपालले ४०.४ ओभरमा ५ विकेट गुमाउदै १५५ रन बनाएको थियो । नेपालका लागि रोहित पौडेलले ४८ र सोमपाल कामीले ३७ रन बनाएका थिए । रोहित र सोमपालले छैठौ विकेटका लागि ८९ रनको पार्टनरसिप गरेका थिए । नेपालका लागि अन्लिक कुमार शाहले २६, कप्तान पारस खड्काले ११ रन बनाएका थिए ।   

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको हङकङले नेपाललाई १५४ रनको लक्ष्य दिएको थियो । हङकङ ४८.२ ओभरमा १५४ रन बनाउदै अल आउट भएको थियो  ।  

हङकङका लागि निजाकत खानले ४७ रन बनाएका छन् भने एह्शान खानले २१ र बबर ह्यातले २० रन बनाएका थिए ।

त्यस्तै नेपालका बलरले आज तुलनात्मक रुपमा राम्रो बलिङ गर्दै हङकङलाई अल आउट गरेको थियो ।  नेपालका लागि सन्दीप लामीछानेले ३ विकेट लिए भने बसन्त रेग्मी र करण केसीले २-२ र सोमपाल कामी र ललित राजबंशीले एक एक विकेट लिएका थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै