‘प्रज्ञा समकालीन नेपाली कविताविमर्श’ प्रकाशित

खरीबोट
ad

काठमाडौँ  । नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘प्रज्ञा समकालीन नेपाली कविताविमर्श’ नामक समालोचनात्मक कृति प्रकाशन गरेको छ । 

प्रज्ञा–प्रतिष्ठानको साहित्य (पद्य) विभागको योजनाअन्तर्गत प्रकाशित सो समालोचनात्मक ग्रन्थको सम्पादन प्राज्ञ डा अमर गिरी, सहप्राध्यापक हेमनाथ पौडेल र डा लक्ष्मणप्रसाद गौतमले गरेका हुन् । 

कृतिमा डा अभि सुवेदीको ‘समकालीन नेपाली कवितामा जनजातीय चेतना’, डा गिरीको ‘समकालीन नेपाली कवितामा भूमण्डलीकरण’, डा कुमारप्रसाद कोइरालाको ‘समकालीन नेपाली कवितामा राजनीतिक चेतना’, गीता त्रिपाठीको ‘समकालीन नेपाली कवितामा पर्यावरण’, डा गोविन्दराज भट्टराईको ‘समकालीन नेपाली कवितामा उत्तरआधुनिकता’, ज्ञानु अधिकारीको ‘समकालीन नेपाली कवितामा साइबर चेतना’ शीर्षक लेख समाविष्ट छन् । 

यसैगरी डा ताराकान्त पाण्डेयको, ‘समकालीन नेपाली कविताको वैचारिक अन्तर्वस्तु’, डा नेत्र एटमको ‘समकालीन नेपाली कवितामा वैचारिक शिल्पविधान’, डा गौतमको ‘समकालीन नेपाली कवितामा अन्तर्विषयक पठन’, डा विन्दु शर्माको ‘समकालीन नेपाली कवितामा नारीचेतना’ र सहप्राध्यापक पौडेलको ‘समकालीन नेपाली प्रगतिवादी कवितामा सौन्दर्य चेतना’सहित शीर्षक ११ समालोचनात्मक लेख कृतिमा समेटिएको प्राज्ञ शशि लुमुम्बुले जानकारी दिइन् । 

साहित्य (पद्य) विभाग प्रमुख डा गिरीले समकालीन नेपाली कविताका विभिन्न पक्षको समालोचनात्मक अध्ययनको आवश्यकता महसुस गरेर प्रतिष्ठानको पद्य विभागको योजनाअन्तर्गत सो कृति तयार पारिएको र यसले समकालीन नेपाली कविताबारे प्राज्ञिक विमर्शलाई अघि बढाउन मद्दत गर्ने विश्वास व्यक्त गरे । 

सम्बन्धित समाचार

मन्दिरका तान्त्रिक परम्परालाई जोगाइ राख्नु पर्नेमा जोड

काठमाडौँ / आधुनिक समयमा तन्त्र विद्याको पठनपाठन, साधना र प्रयोग घट्दै गएकोमा चिन्ता व्यक्त गरिएको छ ।  नेपाल प्रज्ञा प्रतिष्ठानको ६१ औं वार्षिकोत्सवका अवसरमा दर्शन विभागले मंगलबार यहाँ आयोजना गरेको ‘नेपाली

प्रज्ञा प्रतिष्ठानको पुनःनिर्माण कार्य तीव्र गतिमा

काठमाडाँै / भूकम्पबाट क्षतिग्रस्त नेपाल प्रज्ञा प्रतिष्ठानको पुनःनिर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ । गत वर्षको असारमा जीर्णोद्धार कार्य प्रारम्भ भएको प्रतिष्ठानको दुई वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्य रहेको

तिनै प्रज्ञा प्रतिष्ठानलाई एउटै प्रतिष्ठान बनाउने सरकारको निर्णयको हस्तकला महासंघको विरोध

काठमाडौँ । नेपाल हस्तकला महासंघले सरकारले तिनै प्रज्ञा प्रतिष्ठानलाई एउटै प्रतिष्ठान बनाउने घोषणाले हस्तकलाको विकास अवरुद्ध हुने जनाएको छ ।  महासंघले एक विज्ञप्ति प्रकाशित गर्दै विधागत रुपमा प्रज्ञा प्रतिष्ठानहरु गठन भई

तीन प्रज्ञा प्रतिष्ठानलाई स्वायत्त नै राख्नुपर्नेमा जोड

काठमाडौँ । देशमा भाषा तथा साहित्य, कला र नाटक तथा संगीत विधाको विकासका लागि तीन प्रतिष्ठानलाई स्वायत्त नै राख्नुपर्नेमा जोड दिइएको छ ।  नेपाल लतिलकला पत्रकार समाजले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा


z