विमान दुर्घटना : एकै कलेजमा एमबिबिएस पढ्ने ११ नेपाली विद्यार्थीको मृत्यु, २ जनाको उपचार हुदै  

खरीबोट

तस्बिरमा निलो घेरा भित्रका दुईजना विद्यार्थी प्रिन्सी धामी र समिरा व्याँजन्कारको काठमाडौँ केएमसी अस्पतालमा उपचार हुदै छ , तस्बिर, साभार ढाका ट्रिब्युन

ad

काठमाडौँ . सोमबार दुर्घटना भएको युएस बंगला एयरलाइन्समा बंगलादेशमा एमबिबिएस पढ्ने एकै कलेजका १३ जना परेका छन् । 

१३ जना मध्ये ११ जनाको मृत्यु भएको छ भने २ जनाको उपचार भइरहेको छ । 

बंगलादेशबाट प्रकाशित हुने ढाका ट्रिब्युनले यस सम्बन्धि समाचार लेख्दै १३ जना मेडिकल विद्यार्थी बंगलादेशको सिलहटस्थित राजिव रबेया मेडिकल कलेजमा अध्ययनरत रहेको उल्लेख गरेको छ । 

कलेजका प्रिन्सिपल अबेद होस्सैनलाई उदृत गर्दै उनीहरु दुइ महिनाको कलेज छुट्टी भएपछि बिदा मनाउन नेपाल आउदै गरेको बताएको छ  ।  एमबिबिएसको अन्तिम बर्षको नतिजा आउनु अघि उनीहरु बिदामा फर्किदै गरेका थिए । 

मृत्यु हुनेहरुमा एल्जिना बराल, चारु बराल, पूर्णिमा लोहनी, मिली महर्जन, नीगा महर्जन, सन्जय महर्जन, सन्जय पौडेल, आशा शाक्य, एन्जिला श्रेष्ठ, सरुना श्रेष्ठ र स्वेता थापा रहेका छन् ।  दुर्घटनामा प्रिन्सी धामी र समिरा व्यन्जनकार घाइते भएका छन् । उनीहरुको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा मृत्यु भएका ४९ मध्ये २२ जना नेपाली परेका छन् । 

कलेजले यस घटनापछि कलेजमा तीन दिनको शोक मनाउने निर्णय गरेको पनि ढाका ट्रिब्युनले छापेको छ .  
 

सम्बन्धित समाचार

युएस-बंगला बिमान दुर्घटनाका घाइते ताम्रकार र त्रिपाठी सफल उपचारपछि घर फर्कीए

काठमाडौँ । त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाग्रस्त युएस बङ्ला विमानका घाइतेहरु मध्ये दुईजना सफल उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरुमा काठमाडौं कपनका दयाराम ताम्रकार र भक्तपुर बालकोटका किशोर त्रिपाठी

यूएस बंगला विमान दुर्घटनामा परी मृत्यु हुनेको संख्या ५१ पुग्यो 

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार भएको यूएस बंगला विमानको दुर्घटनामा परी मृत्यु हुनेको संख्या ५१ पुगेको छ । गृह मन्त्रालयले दुर्घटनाबारे जानकारी दिदै विमानमा सवार चालक दलका सदस्यसहित ५१ जनाको

देउवाद्वारा विमान दुर्घटनाका घाइतेलाई भेट, क्षतिपुर्तिको पहल गर्ने प्रतिबद्धता 

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विमान दुर्घटनामा घाइते भएकाहरुलाई अस्पताल पुगेर भेटेका छन् । देउवाले सिनामंगलको काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत बिरामीलाई भेटी उनीहरुको अवस्थाबारे जानकारी

देशले गुमाएका वरिष्ठ न्युरोसर्जन, जसलाई बिरामीले कुरिरहेका थिए

चितवन ।  सोमबार सांँझ वरिष्ठ न्यूरो सर्जन बालकृष्ण थापा आउंँछन् र शल्यक्रिया गर्छन् भन्ने पर्खाइमा एक बिरामी कुरिरहेका थिए । बिहीबार भरतपुरको एलाइभ अस्पतालमा भर्ना हुनुभएका पर्वतका ६५ वर्षीय पीताम्बर सापकोटा अकस्मात