• २०८१ बैशाख ७ शुक्रबार

विमान दुर्घटनामा पत्नी गुमाएका डा.रिजवानको ओम अस्पतालमा उपचार हुदै 

kharibot

डा.रिजवान र उनकी पत्नीको फाइल तस्बिर

काठमाडौँ । सोमबार दुर्घटना भएको युएस बंगलाको विमानमा बंगलादेशी डाक्टर दम्पति परेका छन्  । 

६ महिनाअघि मात्र विवाह गरेका डा. रिजवानले दुर्घटनामा आफ्नी श्रीमतीलाई गुमाएका छन् ।

एमडी डाक्टर रिजवान उल हकको अहिले काठमाडौँको ओम अस्पतालमा उपचार भइरहेको छ । एक साताको छुट्टी लिएर काठमाडौँ घुम्न आएका डा. रिजवानको करिब ४० प्रतिशत भाग आगोमा जलेको ओम अस्पतालले जानकारी दिएको छ । अस्पतालका प्रशासन प्रमुख विजय प्याकुरेलका अनुसार डा.रिजवानका पिता बंगलादेशबाट आउदै गरेकाले उनि आएपछि थप उपचारबारे निर्कयौल हुने बताए । 

३० बर्षिय डा. रिजवान अहिले सामान्य बोलीचाली गरिरहेका छन् ।  आन्तरिक रुपमा कुनै ठुलो चोटपटक नदेखिएको भएपनि बाहिरको छाला ४० प्रतिशत जति जलेकोले अब उनको उपचार स्कीन बर्न सेन्टरमा गर्नुपर्ने देखिएको प्याकुरेलले जानकारी दिएका छन् ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै