• २०८१ बैशाख १४ शुक्रबार

सप्तरीमा पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल पल्टिदा २ जना घाइते 

kharibot

सप्तरी । सप्तरीको शम्भुनाथ नगरपालिका–८ मा गएराती पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल पल्टिदा दुई जना घाइते भएका छन् । 

घाइते भएका पैदलयात्री अन्दाजी २७ वर्षीय युवक र मोटरसाइकल चालक अन्दाजी ३० वर्षीय युवकको छिन्नमस्ता अस्पताल राजबिराजमा उपचार भइरहेको छ ।

घाइते मध्ये मोटरसाइकल चालकको अवस्था गम्भीर रहेको छ । 

पैदल हिडिरहेका युवकलाई ठक्कर दिएर गएराती पौने ११ बजे मोटरसाइकल पल्टिएको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै