• २०८१ बैशाख ७ शुक्रबार

एनआईसी एशियाले व्याजदर बढाएर ल्याएको योजना बन्द गर्दै, शुक्रबारसम्म खाता खोल्न सकिने 

kharibot

काठमाडौँ । बैंकर संघसँग सहमति भएपछि एनआईसी एशिया बैंकले सुरु गरेको १० प्रतिशत ब्याजदर र १२ प्रतिशत ब्याजदरको योजना बन्द गर्ने भएको छ ।

बैंकले आज एक प्रेस विज्ञप्ती जारी गर्दै ग्राहकको प्रचुर सहभागिताका बीच पनि हाल सृजित असहज परिस्थितिका कारण यो योजना चैत्र २ गतेपछि बन्द गर्ने जनाएको छ । यस योजना अन्तर्गत ग्राहकहर ले आगामी शुक्रबारसम्म खाता खोल्न सक्ने पनि बैंकले जनाएको छ ।

बैंकले समग्र अर्थतन्त्रको हितका लागि विवाद भन्दा हलगरेर अगाडी बढ्नुपर्ने आम धारणारहेको महसुस गर्दै जनउत्तरदायी जिम्मेवार संस्थाको हैसियतले बैंकले यस्तो कदम चालेको बताएको छ ।

मुलुकभर गरी १८३ शाखासहित निजी क्षेत्रको सवैभन्दा वढि शाखा सञ्जाल भएको बैंक बन्न सफल यस बैंक १८५ एटिएम सहितमुलुककै सबैभन्दा वढि एटिएम सञ्जाल रहेका छन् । 

समग्रमा यस बैंक ४ वटा एक्स्टेन्सन काउन्टर, ३ वटा ब्रान्चलेस बैंकिङ्ग युनिट र कुल ५,००० भन्दा बढि रेमिट्यान्स पेमेन्ट एजेन्ट (प्रत्यक्षएवं अप्रत्यक्ष समेत गरी) सहित ५,३७५ भन्दा बढि भौतिक सञ्जालमार्फत बैकिङ्ग सेवाप्रदान गरिरहेको छ । 

साथै, बैंकको सेवाग्राहीहरुको संख्या १० लाखभन्दा बढि पुगी यस बैंक हाल ग्राहक संख्याको हिसाबले समेत मुलुककै अग्रणी वाणिज्य बैंक बन्न सफल भैसकेको र  वित्तीय परिसुचकांकका हिसाबले समेत यस बैंक नेपालकै उत्कृष्ट बैंकहरु मध्येमा अग्रणी स्थान बनाउन सफल भैसकेको बैंकले जनाएको छ । 

बैंकको वासलातको आकार रु १४८ अर्ब भन्दा वढि पुगेको छ भने बैंकको कुलकर्जा करिब रु १०४ अर्ब र कुलनिक्षेप करिब रु १२४ अर्ब रहेको जनाएको छ । 

यो सँगै वासलात, कुलकर्जा तथा कुल निक्षेपको आकारको हिसाबले निजी लगानीमा स्थापित बैंकहरु मध्ये अग्रणी स्थानमा रहन यस बैंकले संस्थागत सुशासन, जोखिम ब्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालनागर्दै  जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै