• २०८१ बैशाख ८ शनिबार

राष्ट्रियताको सवालमा काँग्रेसको नीति सँधै फितलो हुन्छ- कमल थापा

kharibot

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राष्ट्रियताको सवालमा काँग्रेसको नीति सँधै फितलो रहेको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै अध्यक्ष थापाले कम्तीमा ७ वर्ष निरन्तर देशमा बसेपछि मात्र वैवाहिक अंगिकृत नागरिकता दिनुपर्ने बताउदै राष्ट्रियताको विषयमा काँग्रेसको नीति सधै फितलो भएको बताएका हुन् ।

उनले नागरिकताको विषयमा कमसेकम माओवादी केन्द्र र एकीकृत समाजवादीले आफ्नो अडान नछोड्न पनि ध्यानाकर्षण गराएका छन् । 

उनले भनेका छन्- 

कम्तीमा ७ वर्ष निरन्तर देशमा बसेपछि मात्र वैवाहिक अंगिकृत नागरिकता दिनुपर्छ । राष्ट्रियताको सवालमा कंग्रेसको नीति सँधै फितलो छ।कमसेकम माओवादी र नेकपा(एस)लाई आफ्नो अडान नछोडन प्रचण्ड र माधवकुमार नेपालको ध्यानआकर्षित गर्दछु । विदेशीसँग विवाहितलाई नागरिकता दिनुपर्छ तर निश्चित अवधिपछि मात्र ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै