• २०८१ बैशाख ६ बिहीबार

देउवाद्वारा विमान दुर्घटनाका घाइतेलाई भेट, क्षतिपुर्तिको पहल गर्ने प्रतिबद्धता 

kharibot

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विमान दुर्घटनामा घाइते भएकाहरुलाई अस्पताल पुगेर भेटेका छन् ।

देउवाले सिनामंगलको काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत बिरामीलाई भेटी उनीहरुको अवस्थाबारे जानकारी लिएका हुन् ।  देउवाले उपचारमा कुनै कन्जुसाई नगर्न र उचित क्षतिपुर्तिको प्रवन्ध गर्न सरकारसँग पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

सोमबार युएस बंगला एयरलाइन्सको विमान काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना हुँदा ४९ जनाको मृत्यु २२ जना घाइते भएका थिए । दुर्घटनामा कुल ३३ नेपाली परेकोमा २२ जनाको मृत्यु भएको छ भने ११ जनाको हाल उपचार भइरहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै