• २०८१ बैशाख ७ शुक्रबार

गृहमन्त्री खाणद्वारा विपदमा प्रयोग हुने सवारी साधन, उपकरण तथा अपाङ्गता सहायता सामग्री हस्तान्तरण

kharibot

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले व्यवस्थापन गरेका विपद्मामा प्रयोग हुने सवारी साधन, उपकरण तथा अपांगता सहायता सामग्री हस्तान्तरण गरेका छन् । 

हस्तान्तरण भएका सामग्रीमा आठवटा विपद् सामूहिक उद्दार एम्बुलेन्स छन् । यी एम्बुलेन्समा भेन्टिलेटर, अल्ट्रासाउण्ड मेसिन लगायत ‘ए क्लास’को एम्बुलेन्समा हुने सबै खालका उपकर जडान गरिएका छन् । यसमा ६ वटा बेड छन् भने केहीलाई कुर्सीमा राखेर समेत उपचार गर्न सकिन्छ । 

शनिबार हस्तान्तरण गरिएका एम्बुलेन्स नेपालमा भित्रिएका पहिलो विपद् सामूहिक उद्दार एम्बुलेन्सहरु हुन् । ‘

यी सवारी साधनमा सिसिटिभी क्यामेरा जडान गरिएकाले टाढा रहेका विशेषज्ञ डाक्टरहरुले समेत उपचारमा गाइड गर्न सकिन्छ,’ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज जारीग रेको विज्ञप्तिमा भनिएको छ । 

मोबाइल अस्पतालका रुपमा समेत प्रयोग गर्न सकिने यी साधनहरु सातवटा प्रदेशमा एक–एक वटाका दरले वितरण गरिनेछ भने एउटा काठमाडौं उपत्यकामा रहनेछ । 

यस्तै, गृहमन्त्री खाणले आज नै थप आठ वटा ‘ए क्लास एम्बुलेन्स’ हस्तान्तरण गरेका छन् । यी एम्बुलेन्सहरु सातवटा प्रदेशमा एक–एक वटाका दरले वितरण गरिनेछ । एउटा काठमाडौं उपत्यकामा रहनेछ । 

यी एम्बुलेन्स सशस्त्र प्रहरी बल, नेपालद्वारा सञ्चालित नेपाल एपिएफ अस्पतालसँगको समन्वयमा सञ्चालन हुनेछन् । 

त्यसैगरी, भूकम्प, पहिरो, आगलागी, वन डढेलो तथा बाढीजस्ता विपद्का घटनापछि खोज तथा उद्दारका लागि आवश्यक पर्ने ‘सर्क एण्ड रेस्क्यु’ उपकरणहरु पनि हस्तान्तरण गरिएका छन् । 

सोही अवसरमा प्राधिकरणले राष्ट्रिय अपाङ्ग कोषसँगको सहकार्यमा खरिद गरेको अपाङ्गता सहायतासम्बन्धी सामग्रीहरू राष्ट्रिय अपाङ्ग कोष र केही लाभग्राहीलाई हस्तान्तरण गरिएको छ । ती सहायता सामग्रीमा ह्वीलचेयर, कृत्रिम हातखुट्टा लगायत छन् ।  

असार २९ गते प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा रहेको समाज कल्याण परिषद्को गोदाममा रहेका अपाङ्गता सहायता सामग्री आगलागीमा जलेर नष्ट भएका थिए ।

गृहमन्त्री खाणले उक्त गोदामको साउन १ गते अवलोकन गरी सामग्री शीघ्र उपलब्ध गराइने प्रतिबद्धता जनाएका थिए । 

यी साधन तथा उपकरण प्राधिकरणले मल्टी डोनर ट्रस्ट फण्ड (एमडीटीएफ) र विश्व बैंकको सहयोगमा व्यवस्थापन गरेको हो ।

एमडीटीएपमा अमेरिकी सहयोग नियोग (युएसएड), बेलायती सहयोग नियोग (एफसिडिओ), क्यानेडिएन एड र स्विस एजेन्सी फर डेभलप्मेन्ट एण्ड कर्पोरेसनको सहयोग छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै