निकुञ्ज जिप सफारीमा पर्यटक आकर्षित

खरीबोट
ad

रत्ननगर । पर्यटकीय नगरी सौराहामा आउने पर्यटकमध्ये करिव ७० प्रतिशतले जिप सफारी गरेर चितवन निकुञ्ज घुम्ने गरेका छन् । 

सुरक्षित र सहज रुपमा वन्यजन्तु हेर्न पाइने भएकाले निकुञ्जको जिप सफारीमा पर्यटकको आकर्षण बढेको हो । संरक्षणकर्मी एवं पर्यटन व्यवसायी टीका गिरी बाघ गैँडालगायत वन्यजन्तु अवलोकनका लागि यहाँको जिप सफारी उत्कृष्ट अवसर भएको बताए । 

जिप सफारीमा मयुर, चित्तल, रतुवा मृग, गौरीगाई, बँदेल, गोही, खुला खोरमा राखिएको अर्ना तथा विभिन्न प्रजातिका चरा अवलोकन गर्न सकिन्छ । चितवनको पूर्वी सेक्टरअन्तर्गत पर्ने सौराहा आसपास पदमपुर गैँडाको उत्कृष्ट वासस्थान हो । विसहजारी ताल, इचर्नी टापू, खोरसोर, बाघमारा वन, दुधौरा, कछुवानी र पूर्व कुमरोज गैँडाको राम्रो वासस्थान हो । 

निकुञ्जको पूर्वी सेक्टरमा करिव ६० वटा गैँडा अभिलेख गरिएको चितवन राष्ट्रिय निकुञ्जका पूर्वी सेक्टर प्रमुख अभिनय पाठक बताउनुहुन्छ । सौराहामा आउने पर्यटक हात्ती र जिप सफारीमा बढी रमाउँछन् । 

“सौराहा आउने पर्यटकमध्ये ७० प्रतिशतभन्दा बढीले जिप सफारी गर्छन्”, क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष सुमन घिमिरेले भने । 

सिमसार क्षेत्र, घाँसे मैदान, वन्यजन्तुका वासस्थान, नदीतटीय वन र सालका जंगल एकैसाथ अवलोकन गर्न सकिने भएकाले पनि विभिन्न प्रजातिका वन्यजन्तु अवलोकन गर्न सौराहाको जिप सफारी महत्वपूर्ण हुने बाघ संरक्षण उपसमिति सौराहाका अध्यक्ष जितु तामाङको भनाइ छ । 

सौराहाबाट निकुञ्ज घुम्नका लागि ४० भन्दा बढी जिप सञ्चालनमा छन् । निकुञ्जमा जिप सफारी गरेबापत गाइडसहित शुल्क रु एक हजार ५०० लाग्छ । पर्यटक प्रवेश गर्दा नेपालीलाई रु ११३, सार्कको नागरिकलाई रु ८५० तथा तेस्रो मुलुकका पर्यटकलाई रु एक हजार ६९५ थप शुल्क लाग्छ । एउटा जिप प्रवेश गर्दा निकुञ्जले रु चार हजार ५२० शुल्क लिन्छ । 

सौराहा रेवानका अध्यक्ष गोकर्ण गिरी पर्यटन र संरक्षण सँगसँगै गएकाले पनि सौराहाको आसपास क्षेत्रमा हात्ती र जिप सफारीमा पर्यटकले सहजै गैँडालगायत वन्यजन्तु हेर्न पाउने बताए ।

सम्बन्धित समाचार

बाँके निकुञ्जः बाघ संरक्षणमा चुनौती

बाँके। बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ह्वात्तै बढ्यो । बाघ संरक्षणकै लागि स्थापना गरिएको निकुञ्जमा बाघ गणनाको पछिल्लो तथ्याङ्कअनुसार २१ बाघ पुगेका छन् । बाघको सङ्ख्या बढेसँगै बाघ संरक्षणमा चुनौती

बर्दिया राष्ट्रिय निकुञ्ज प्रवेशका लागि नयाँ मार्ग

बर्दिया । बर्दियाको बाँसगढी नगरपालिका—१ चेपाङ क्षेत्रबाट पर्यटकले अब बर्दिया राष्ट्रिय निकुञ्ज प्रवेश गर्न पाउने भएका छन् । कोहलपुर–सुर्खेत सडकखण्डमा पर्ने बबईको चेपाङ क्षेत्रबाट पर्यटकलाई निकुञ्ज प्रवेशका लागि मार्ग खुल्ला

बाघको संख्या घटेपछि राष्ट्रिय निकुञ्जको अध्ययन गरिँदै

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ पाटेबाघको सङ्ख्यामा कमी देखिएपछि बाघ र गैँडाको सङ्ख्या बहन गर्न सक्ने क्षमता (क्यारिङ क्यापासिटी)को अध्ययन गरिने भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको संख्या दोब्बर वृद्धि

बारा । पर्सा राष्ट्रिय निकुञ्जमा पाटे बाघको संख्यामा दोब्बरले वृद्धि भएको छ । पर्सा राष्ट्रिय निकुञ्जको कार्यालय आधाभारले पत्रकार सम्मेलनको आयोजना गर्दै यस वर्ष भएको बाघ गणनामा बाघको संख्या दोब्बरले


z