ठग्स अफ हिन्दुस्तानको सेटमा अमिताभ बच्चन अस्वस्थ 

खरीबोट
ad

मुम्बई । बलिवुडका महानायक अमिताभ बच्चन फिल्म ठग्स अफ हिन्दुस्तानको सेटमा विरामी भएका छन् । 

भारतीय मिडियाका अनुसार सेटमा स्वास्थ्य खराब भएपछि डाक्टरको टिम सुटिंग भइरहेको ठाउ राजेंस्थान पुगेको छ । 

अमिताभ बच्चनले आफ्नो स्वास्थ्यको बारेमा ब्लगमा लेख्दै जानकारी दिएका छन् । आफुले आराम गरिरहेको र मंगलबार डाक्टरसँग भेट गर्ने बताएका छन् । राजेस्थानमा गर्मि भएका कारण अमिताभको स्वास्थ्यमा खराबी आएको बताएको छ ।

यस अघि अमिताभले ठग्स अफ हिन्दुस्तानीको सुटिंग थाइल्याण्डमा गरेका थिए । फिल्मको सुटिंग अब अन्तिम चरणमा पुगेको छ । 

यशराज ब्यानरमा बनिरहेको ठुलो बजेटको यो फिल्ममा अमिताभका अलावा आमिर खान, कट्रिना कैफ, फातिमा शेखलगायतले अभिनय गरेका छन् । यस फिल्मको निर्देशन विजयकृष्ण आचार्यले गरेका छन् । विजयले यस अघि यशराज कै धुम-३ निर्देशन गरेका थिए । फिल्म आगामी नोभेम्बर ७ मा रिलिज हुदै छ  । 

सम्बन्धित समाचार

७६ बर्षका भए अमिताभ बच्चन, अहिलेपनि उत्तिकै सक्रिय 

मुम्बई।  बलिवुडका महानायक आजदेखि ७६ बर्षका भएका छन्। जीवनको यस उमेरमा पनि फिल्म र टेलिभिजन शोहरुमा सक्रिय अमिताभ बच्चनलाई अहिले बलिवुडका महानायकले चिनिन्छ। पहिलो फिल्म सात हिन्दुस्तानी देखि अब रिलिजको संघारमा

अमिताभ बच्चनसँग अभिनय गर्छु भन्ने सपनामा पनि सोचेकी थिइन् - मौनी राय 

मुम्बई।  अभिनेत्री मौनी रायले अमिताभ बच्चनसँग काम गर्न पाउनु सपना पुरा हुनु जस्तै भएको बताएकी छन्।  हाल करण जोहरको फिल्म ब्रहमास्त्रको सुटिंग गरिरहेकी अभिनेत्री रायले अमिताभ बच्चनसँगको सुतिंग अनुभवका बारेमा कुरा

बच्चन बाबु छोरीको विज्ञापन विवादमा परे पछि बन्द 

मुम्बई। बलिवुडका महानायक अमिताभ बच्चन र उनकी छोरी स्वेता नन्दाले अभिनय गरेको एक ज्वालेरीको विज्ञापन बन्द भएको छ ।  कल्याणी ज्वालेरीको विज्ञापन भारतको बैंकिङ प्रणालीलाई व्यंग गर्दै बनाइएको थियो।  जसमा बच्चनका

अमिताभ बच्चनको फिल्मलाई शाहरुखले लगानी गर्ने 

मुम्बई । बलिवुडका किङखान शाहरुख खानले महानायक अमिताभ बच्चनको फिल्म ‘बदला’ को निर्माण गर्ने भएका छन् । यससँगै बलिवुडका दुई महान कलाकार अमिताभ र शाहरुख फेरी पर्दामा सँगै देखिने भएका


z