• २०८१ बैशाख ८ शनिबार

ठग्स अफ हिन्दुस्तानको सेटमा अमिताभ बच्चन अस्वस्थ 

kharibot

मुम्बई । बलिवुडका महानायक अमिताभ बच्चन फिल्म ठग्स अफ हिन्दुस्तानको सेटमा विरामी भएका छन् । 

भारतीय मिडियाका अनुसार सेटमा स्वास्थ्य खराब भएपछि डाक्टरको टिम सुटिंग भइरहेको ठाउ राजेंस्थान पुगेको छ । 

अमिताभ बच्चनले आफ्नो स्वास्थ्यको बारेमा ब्लगमा लेख्दै जानकारी दिएका छन् । आफुले आराम गरिरहेको र मंगलबार डाक्टरसँग भेट गर्ने बताएका छन् । राजेस्थानमा गर्मि भएका कारण अमिताभको स्वास्थ्यमा खराबी आएको बताएको छ ।

यस अघि अमिताभले ठग्स अफ हिन्दुस्तानीको सुटिंग थाइल्याण्डमा गरेका थिए । फिल्मको सुटिंग अब अन्तिम चरणमा पुगेको छ । 

यशराज ब्यानरमा बनिरहेको ठुलो बजेटको यो फिल्ममा अमिताभका अलावा आमिर खान, कट्रिना कैफ, फातिमा शेखलगायतले अभिनय गरेका छन् । यस फिल्मको निर्देशन विजयकृष्ण आचार्यले गरेका छन् । विजयले यस अघि यशराज कै धुम-३ निर्देशन गरेका थिए । फिल्म आगामी नोभेम्बर ७ मा रिलिज हुदै छ  । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै