मुम्बई । बलिवुडका महानायक अमिताभ बच्चन फिल्म ठग्स अफ हिन्दुस्तानको सेटमा विरामी भएका छन् ।
भारतीय मिडियाका अनुसार सेटमा स्वास्थ्य खराब भएपछि डाक्टरको टिम सुटिंग भइरहेको ठाउ राजेंस्थान पुगेको छ ।
अमिताभ बच्चनले आफ्नो स्वास्थ्यको बारेमा ब्लगमा लेख्दै जानकारी दिएका छन् । आफुले आराम गरिरहेको र मंगलबार डाक्टरसँग भेट गर्ने बताएका छन् । राजेस्थानमा गर्मि भएका कारण अमिताभको स्वास्थ्यमा खराबी आएको बताएको छ ।
यस अघि अमिताभले ठग्स अफ हिन्दुस्तानीको सुटिंग थाइल्याण्डमा गरेका थिए । फिल्मको सुटिंग अब अन्तिम चरणमा पुगेको छ ।
यशराज ब्यानरमा बनिरहेको ठुलो बजेटको यो फिल्ममा अमिताभका अलावा आमिर खान, कट्रिना कैफ, फातिमा शेखलगायतले अभिनय गरेका छन् । यस फिल्मको निर्देशन विजयकृष्ण आचार्यले गरेका छन् । विजयले यस अघि यशराज कै धुम-३ निर्देशन गरेका थिए । फिल्म आगामी नोभेम्बर ७ मा रिलिज हुदै छ ।