सात महिनामा एक हजार ७९ मेट्रिक टन माछा आयात

खरीबोट
ad

विराटनगर । भारतबाट विगत आठ महिनामा ठूलो परिमाणमा माछा आयात भएको छ । 

चालु आर्थिक वर्षको साउनदेखि हालसम्ममा एक हजार ७९ मेट्रिक टन माछा आयात भएको पशु क्वारेन्टाइन कार्यालय, विराटनगरले जनाएको छ । 

अधिकांश मात्रामा विराटनगर नाका तथा सुनसरीको भन्टाबारी र सिरहाको माडरबाट केही मात्रामा माछा आयात गरिएको हो । आयातित् माछामा रहुँ, नैनी, भाकुरका साथै अन्य जातको रहेको छ । 

सिद्रा माछा १४ दशमलव ६ मेट्रिक टन, एक्युरियम माछा तीन हजार ९०० गोटा र ८० हजार माछाको भुरा आयात गरिएको कार्यालयका स्वास्थ्य प्राविधिक नीरज कट्टेलले जानकारी दिए । 

यसका साथै सो अवधिमा १० हजार ९६६ वटा सुँगुर, एक हजार ३२९ घोडा खच्चर, राँगाभैँंसी एक हजार ५३६ तथा गाईगोरु ६२ आयात गरिएको छ । 

भारतबाट आयातित् माछा खानयोग्य छ कि छैन् भनेर विराटनगरस्थित खाद्य प्रविधि प्रयोगशालामा जाँच गराउने गरिएको प्राविधिक कट्टेलले बताए । खसीबोकालगायत जनावर रोगी भए नभएको विराटनगरस्थित पशु रोग अन्वेषण प्रयोगशालामा जाँच गराउने गरिएको उनले बताए । 

सोही अवधिमा सिरहाको माडर नाकाबाट १०६ मेट्रिक टन दूध, १०२ मेट्रिक टन दही र ९१ किलो घ्यू निर्यात भएको छ ।

सम्बन्धित समाचार

माछापुच्छ्रे  बैंकको खाता अब घरमै बसी खोल्न सकिने

काठमाडौं । अब खाता खोल्न बैंकमै जानुपर्ने बाध्यताबाट ग्राहकहरुले छुटकारा पाउने भएका छन् । माछापुच्छ्रे बैंकको अनलाईन खातामार्फत विश्वको जुनसुकै कुनाबाट पनि खाता खोल्न र संचालन गर्न सकिने बैंकले जनाएको छ

प्लेनबाट तालमा माछा ! (भिडियोसहित) 

अमेरिका । वन्यजन्तु संरक्षकहरुले अमेरिकाको उताह राज्यमा रहेको एउटा तालमा माछा राख्न एरोप्लेन प्रयोग गरेका छन् । प्लेनको पिँधबाट पानीसहितको माछा तालमा खसाएको एउटा भिडियो समेत अधिकारीहरुले सार्वजनिक गरेका छन्

माछापुुच्छ्रे बैंकको रियल टाइममा नै खाता खोल्न २ शाखारहित बैंकिङ सेवा

काठमडौं । माछापुुच्छ्रे बैंक लिमिटेडले सिराहामा २ शाखा रहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले सिराहाको लाहान नगरपालिकाको बरियारपट्टी र सखुवा नान्कारकट्टीमा थप २ शाखा रहित बैकिङ्ग सेवा संचालनमा

माछापालन व्यवसायबाट वार्षिक रू. चालिस लाख आम्दानी

दाङ । लमही नगरपालिका–५ टिकुलीगढका अम्मरबहादुर तामाङ आफूलाई सफल व्यावसायिक माछापालक किसानको रुपमा चिनाउन सफल छन् । उनले अहिले आठ बिगाहा क्षेत्रफलमा पोखरी निर्माण गेरर व्यावसायिक रुपमा माछापालन गरिरहेका छन् ।