• २०८१ बैशाख ७ शुक्रबार

नेप्सेमा चार दसमलव ८९ अंकको बृद्धि : छ समुहले कमाउँदा तीन वटा समुहले गुमाए 

kharibot

काठमाडौ । नेप्सेमा आज मंगलबार भने सुधार देखिएको छ । 

साताको तेस्रो कारोवार दिन आज मंगलबार नेप्से चार दसमलव ८९ अंकले बढेर १२ सय ८१ दसमलव ९० बिन्दुमा चढ्दा सेन्सिटिभ एक दसमलव तीन अंकले बढेर दुई सय ७२ दसमलव ७७ बिन्दुमा चढेको छ । 

एक सय ५६ कम्पनीहरुको तीन हजार एक सय १७ वटा कारोवारमा पाँच लाख ५५ हजार सात सय २२ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुदा कारोवार रकम २३ करोड ७० लाख ३० हजार तीन सय ८७ रुपैयाँ पुगेको छ । 

नेप्सेमा आज नौ वटा समुहको कारोवार भएकोमा तीन वटा समुहले गुमाउँदा छ वटा समुहले कमाएकाछन । बाँणिज्य बैक समुहको सुचक पाँच दसमलव ७१ अंकले बढेर ११ सय ३९ दसमलव ११ बिन्दुमा चढ्दा १० करोड सात लाख ८९ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।  यसैगरी होटल समुहको सुचक ६१ दसमलव ५४ अंकले बढेर १८ सय ७० दसमलव ५४ बिन्दुमा चढ्दा ६५ लाख ९५ हजार दुई सय १० रुपैयाँको सेयर खरिद बिक्री भएको छ । 

बिकास बैक समुहको सुचक पनि आज एक दसमलव ४५ अंकले बढेर १५ सय दसमलव ५० बिन्दुमा चढ्दा एक करोड एक लाख ८८ हजार चार सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । जलबिद्युत समुहको सुचकम नौ दसमलव ३९ अंकले बढेर १५ सय ४३ दसमलव ७२ बिन्दुमा चढ्दा ७६ लाख ३९ हजार छ सय ८० रुपैयाँको सेयर खरिद बिक्री भएको छ । 

फाईनान्स र अन्य समुहको सुचक पनि आज क्रमश तीन दसमलव १९ र सात दसमलव १२ अंकले बढेकाछन । बीमा समुहको सुचक भने १० दसमलव ६८ अंकले घटेर छ हजार दुई सय सात दसमलव ८८ बिन्दुमा झरेकोमा पाँच करोड ४९ लाख ७७ हजार सात सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । उत्पादनमुलक  र लघुुबित्त समुहको सुचक पनि आज क्रमश ३२ दसमलव ६५ र चार दसमलव २९ अंकले घटेकाछन । 

आज बढी कमाउने कम्पनीको सुचीमा परेको श्री इन्भेष्टमेन्ट फाईनान्सको सेयर मुल्य सात रुपैयाँ १४ पैसाले बढेर दुई सय ४० रुपैयाँमा सेयर कारोवार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा परेको अरुण फाईनान्सको सेयर मुल्य चार रुपैयाँ ८२ पैसाले घटेर एक सय ३८ रुपैयाँमा सेयर कारोवार भएको छ ।

आज बढी कमाउने कम्पनीको सुचीमा परेको नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको १७ सय २० रुपैयाँ अन्तिम मुल्यमा दुई करोड २१ लाख ६३ हजार ३९ रुपैयाँको सेयर कारोवार भएको छ । 

यसैगरी नबिल बैकको पनि आज एक हजार ३० रुपैयाँ अन्तिम मुल्यमा एक करोड ५२ लाख ४१ हजार तीन सय ६५ रुपैयाँको सेयर कारोवार भएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै