राष्ट्रपति निर्वाचन : १८ मतदाता अनुपस्थित

खरीबोट
ad

काठमाडौँ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिको निर्वाचनमा संघीय संसद्का पाँचजना सांसद अनुपस्थित भएका छन् । 

निर्वाचन आयोगका अनुसार संघीय संसद्का कूल ३३१ सांसदमध्ये डा बाबुराम भट्टराई, जितेन्द्रनारायण देव, प्रेम सुवाल, रमेश यादव र रेशमलाल चौधरी अनुपस्थित भएका छन् । 

यस्तै, प्रदेशसभातर्फका कूल ५४९ प्रदेशसभा सदस्यमध्ये ५३६ जनाले मतदान गरेका थिए । कूल १३ जना प्रदेशसभा सदस्य मतदान प्रक्रियामा अनुपस्थित भएका थिए । मतदान प्रक्रियामा अनुपस्थित हुने प्रदेशसभा सदस्यमा कृष्णबहादुर चौधरी, धनमाया लामा पोखरेल, प्रल्हाद गिरी, प्रेम तामाङ, विराजभक्त श्रेष्ठ, मनिषकुमार सुमन, रमेश पौडेल, दिन पन्त, शोभा शाक्य, सुरेन्द्र गोसाई, हरिशरण आचार्य, हिमबहादुर शाही र सिर्जना सैँजु छन् । 

आज बिहान १०ः०० बजेदेखि शुरु भएको राष्ट्रपतिको मतदान प्रक्रिया अपराह्न १५ः०० बजेसम्म चलेको थियो । निर्वाचन आयोगले पहिलोपटक राष्ट्रपति पदका लागि मतदान गराएको हो । 

संघीय संसद् र प्रदेशसभाका सदस्यलाई मतदाता बनाएर निर्वाचन गरिएको यो पहिलो पटक हो । यसअघि राष्ट्राध्यक्षको चयन व्यवस्थापिका–संसद् सदस्यले मात्रै गरिएको थियो । 

संघीय संसद् भवन, नयाँ बानेश्वर परिसरको पूर्वतर्फको खाली स्थानमा संघीय संसद् र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरी मतदान गराइएको थियो । 

राष्ट्रपतिको निर्वाचनमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वसांसद कुमारीलक्ष्मी राई प्रतिष्पर्धामा छन् । राष्ट्रपतिको निर्वाचन संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुने संवैधानिक व्यवस्था गरिएको हो । 

निर्वाचन व्यवस्थित गर्न सुरक्षा व्यवस्थालाई चुस्त तुल्याउनाका साथै प्रत्येक केन्द्रमा महिला र पुरुषका लागि बेग्लाबेग्लै लामको व्यवस्था गरिएको थियो । 

राष्ट्रपति निर्वाचनमा राष्ट्रियसभाका सदस्य डा युवराज खतिवडा, रामनारायण बिँडारी र विमला राई पौडेलले मतदानमा भाग लिन पाएनन् । यस्तै, प्रतिनिधिसभा सदस्य रेशमलाल चौधरी पनि प्रहरी हिरासतमा रहेकाले मतदान गर्न पाएनन् । 

यसैबीच, अहिले अपराह्न ४ बजेदेखि राष्ट्रपति निर्वाचनको मतगणना शुरु भएको छ । 
 

सम्बन्धित समाचार

मालदिभ्सको निर्वाचनमा यमीनको पराजय भएको अदालतको ठहर

कोलम्वो। मालदिभ्सको सर्वोच्च अदालतद्वारा गत महिना भएको राष्ट्रपतीय निर्वाचन परिणामलाई रद्द गरी नयाँ निर्वाचन गर्नका लागि वर्तमान राष्ट्रपति अब्दुल्ला यमीनले गरेको निवेदनलाई आइतबार खारेज गरिदिएको छ ।  अदालतको उक्त निर्णयसँगै यमीनको

बङ्गलादेशमा निर्वाचनको मिति घोषणा नोभेम्बर महिनाको अन्तिम साता

ढाका। एएफपी बङ्गलादेशमा संसदीय निर्वाचनको मिति घोषणा गरिने भएको जानकारी त्यहाँको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले आगामी नोभेम्बर महिनाको अन्तिम साता यहाँको संसदीय निर्वाचनको मिति घोषणा गरिने र

निर्वाचनको समयमा भएका प्रतिबद्धताअनुसार सरकारले काम गर्ने : अध्यक्ष प्रचण्ड

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको समृद्ध राष्ट्र र सुखी नेपालीको परिकल्पनालाई साकार पार्न सबै एकताबद्ध भई सङ्कल्पका साथ अगाडि बढ्नुपर्ने बताएका छन्

माल्दिभ्सको निर्वाचन परिणामबारे आइतबार सुनुवाई हुने

कोलम्बो। माल्दिभ्सको सर्वोच्च अदालतले निर्वाचनका बारेमा परेको मुद्धामाथी आउदो आइतबार सुनुवाई गर्ने जनाएको छ ।  हालै भएको राष्ट्रपतीय निर्वाचनबारेमा राष्ट्रपति अब्दुला यमीनले दिएको चुनौतीबारेमा आइतबार सुनुवाई गर्ने तय भएको अदालतले बिहीबार


z