विमान दुर्घटनाप्रति दुःख व्यक्त

खरीबोट
ad

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले सोमबार भएको युएस बङ्गलाको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । 

उक्त दुर्घटनाको सत्य तथ्य अनुसन्धान गरी यसको न्यूनीकरण गर्नेतर्फ गम्भीर हुन सम्बन्धीत निकायसंग आयोगले आग्रह गरेको छ । 

आयोगका प्रवक्ता मोहना अन्सारीद्वारा आज जारी प्रेस विज्ञप्तिमा सो विमान दुर्घटनामा ५० जनाको ज्यान गएको र २१ जना गम्भीर घाइते भएको उल्लेख छ । 

विज्ञप्तिमा भनिएको छ, ‘नेपालमा हवाई दुर्घटनाको इतिहासलाई हेर्दा हालसम्म छ दर्जन बढी दुर्घटना भएको देखिन्छ, यसले नेपाली आकाश सुरक्षित रहेको वा नरहेको भन्नेबारे प्रश्न खडा भएको छ, यसबारे सत्य अनुसन्धान गरी दुर्घटना न्यूनीकरण गर्नेतर्फ गम्भीर हुनुपर्ने देखिन्छ ।’

आयोगले विमान दुर्घटनामा परी दिवंगत व्यक्तिको आत्माको चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ । घाइते व्यक्तिको शीघ्र स्वास्थ्यलाभको कामनासमेत आयोगले गरेको छ । 

यसैगरी पूर्वसांसद मञ्च, नेपालले सोमबार युएस बङ्गलाको हृदयविदारक विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । 

मञ्चका अध्यक्ष ओमकारप्रसाद श्रेष्ठ र महासचिव शंकरनाथ शर्मा अधिकारीले संयुक्तरुपमा जारी गरेको प्रेस विज्ञप्तिमा हृदयविदारक दुर्घटनाले मर्माहत बनाएको र स्वदेशी तथा विदेशी नागरिकको निधन भएकोप्रति दुःख व्यक्त गर्दै घाइतको स्वास्थ्य लाभको कामना गरेको छ ।

सम्बन्धित समाचार

पृथ्वी राजमार्गमा दुर्घटना घटाउन रबरको स्पीड ब्रेकर

धादिङ। राजमार्गमा हुने सवारी दुर्घटना न्यूनीकरणका लागि पृथ्वी राजमार्गमा नयाँ प्रविधिको प्रयोग शुरु गरिएको छ ।  राजमार्गका अत्यधिक सवारी दुर्घटना हुने क्षेत्रमा अहिले रबर स्पिड ब्रेकर राख्न शुरु गरिएको होे ।

अरुणखोला बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात पुग्यो (अपडेट)

नवलपरासी। पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–११ अरुणखोलामा आइतबार बिहान भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ ।  दुर्घटनामा गम्भीर घाइते भएका सोलुखुम्बुका ३० वर्षीय गणेश बस्नेतको उपचारको

जुगल गाउँपालिकामा टिपर दुर्घटना : एकको मृत्यु, दर्जन बढी घाइते

मेलम्ची / जुगल गाउँपालिकाको याङ्लाकोटबाट बाह्रबिसे गइरहेको टिपर भैँसेमा आज दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।  बा४ख ९०१७ नंको टिपर सडकमै पल्टिँदा ११ जनाभन्दा बढी घाइते भएका छन्

दुर्घटनामा एकको मृत्यु

 जनकपुरधाम / जनकपुर ढल्केवर सडकखण्डअन्तर्गत मुजेलियामा आज बिहान एक ट्र्याक्टरले स्कुटरलाई ठक्कर दिँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ ।  मुजेलिया इलाका प्रहरी कार्यालयका प्रमुख सुरेन्द्र यादवका अनुसार उत्तरबाट जनकपुरधाम आउँदै गरेको ज२त


z