• २०८१ बैशाख ५ बुधबार

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा आफ्ना विदेशमन्त्री रेक्स टिलरसनलाई बर्खास्त

kharibot

वाशिंगटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना विदेश मन्त्री रेक्स टिलरसनलाई बर्खास्त गरेका छन् । 

राष्ट्रपति ट्रम्पले विदेश मन्त्री टिलरसनलाई उनले दिएको सेवाप्रति धन्यवाद दिदै उनको ठाउमा हाल सिआईएका निर्देशक रहेका माइक पोमपिओलाई ल्याएको जानकारी दिएका छन् ।

गत बर्ष फेब्रुअरी १ मा अमेरिकी विदेशमन्त्रीको जिम्मेवारी सम्हालेका टिलरसन राष्ट्रपति ट्रम्पको टिमबाट बाहिरिने अहिलेसम्मका ठुला व्यक्ति हुन् । यसअघि ट्रम्पसँग कुरा नमिलेको भन्दै उनका कैयौ सहयोगीहरुले उनलाई छोडेका छन् ।

६५ बर्षिय सिभिल इन्जिनियर टिलरसन अमेरिकाको ६९औ विदेशमन्त्री बनेका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै