ट्राफिकलाई घुस दिन खोज्ने मोटरसाइकल चालक पक्राउ

खरीबोट

फाइल तस्बिर

ad

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने मोटरसाइकल चालकलाई पक्राउ गरेको छ । 

महाशाखाको टोलीले सिंहदरबार चोकमा ट्राफिक प्रहरीले जाँच गर्ने क्रममा सवारी नियम उलंघन गरेबापत चिट लिन नमानी मिलाइदिनुहोस् भनी रु ५०० घुस दिन लाग्दा सर्लाही घर भई भक्तपुर बस्ने भुवन मोक्तानलाई आज दिउँसो पक्राउ गरेको हो । 

महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले घुस दिने र लिने दुवैलाई कारबाही गरिने जानकारी दिनुभयो । पक्राउ परेका मोक्तानलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी वृत्त सिंहदरबार पठाएको महाशाखाले जनाएको छ । 

सम्बन्धित समाचार

एनआरएनए मध्यपूर्व संयोजक शर्मा कतारमा पक्राउ

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का मध्यपूर्व संयोजक आरके शर्मा कतारमा आज पक्राउ परेका छन् । संयोजक शर्मालाई कतार प्रहरीले पक्राउ गरेको एनआरएनएका प्रवक्ता भूषण घिमिरेले पुष्टि गरे । शर्मालाई पक्राउ

घुस लिएको अभियोगमा हवल्दार गिरी पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल धनुषाका प्रहरी सहायक हवल्दार चन्देश्वर गिरीलाई रु ११ हजार घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ । नेपाल भारत सीमा बजारबाट सामान

मापसे गरेर श्रीमतीको हत्या गर्ने पक्राउ

भद्रपुर /  विजया दशमीको भोलिपल्ट शनिबार घरमै श्रीमतीको हत्या गरी फरार रहेका कनकाई नगरपालिका–८ का आइतराज परियार पक्राउ परेका छन् ।  जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतका अनुसार विजया

दशैं मनाउन घर आएका फरार अभियुक्त २९ वर्षपछि पक्राउ

खोटाङ। जग्गासम्बन्धी बिवादमा छिमेकीको हत्या गरेर फरार भएका एक अभियुक्त २९ वर्षपछि पक्राउ परेको छ ।  पक्राउ पर्नेमा हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका ६० वर्षीय चन्द्रबहादुर कार्की रहेको छ । जग्गा बिवादका


z