भेरीमा डुबेर मजदुरको मृत्यु

खरीबोट
ad

सुर्खेत । पूर्वी सुर्खेतको सिम्ता गाउँपालिकाको राकम नजिकै भेरी नदीमा डुबेर एक जना मजदुरको मृत्यु भएको छ । 

आज बिहानको समयमा सडकको काम गरेर दिउँसो १२ बजे भेरी नदीमा नुहाउन जाँदा उनको डुबेर मृत्यु भएको हो । 

मृत्यु हुनेमा सुर्खेत जिल्ला पञ्चपुरी नगरपालिका वडा नं ४ विद्यापुरका २० वर्षीय खगेन्द्र बयक रहेको इलाका प्रहरी कार्यालय बादेपिपल राकमले जनाएको छ । खाना खाएर १२ बजेतिर भेरी नदीमा नुहाउन गएका वयक नदीमा डबेर अचेत अवस्थामा फेला परेका थिए ।

उनलाई थप उपचारका लागि मेहेलकुना अस्पतालमा लगिएको थियो । मृतक वयक पूर्वी सुर्खेतको राकम सडकमा मजदुरी गर्न आएका थिए ।

सम्बन्धित समाचार

सुर्खेतमा बसबाट खसेर एक यात्रुको मृत्यु

सुर्खेत । चलिरहेको बसबाट खसेका ५० वर्षीय पदम बस्नेतको उपचारको क्रममा मृत्यु भएको छ । बस्नेत भेरीगङ्गा नगरपालिका–१२ सुर्खेत निवासी हुन् । सुर्खेतदेखि नेपालगञ्ज जाँदै गरेको ना ४ ख ७०२४ नं

सुर्खेतमा दाहसंस्कार स्थल बनाउन महामहोत्सव

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा व्यवस्थित दाहसंस्कार स्थल निमार्णका लागि महामहोत्सव शुरु भएको छ । कर्णाली प्रदेशका प्रदेश प्रमुख दुर्गाकेशर खनालले व्यवस्थित दाहसंस्कार स्थल निमार्णका लागि आयोजित महामहोत्सवको मङ्गलबार उद्घाटन

सुर्खेतका युवा पासपोर्ट थन्काएर गाउँमै कुखुरापालन गर्दै 

सुर्खेत । विदेश जाने युवाको लहर चलिरहेका बेला बराहताल गाउँपालिका–५ सुर्खेतका ३५ वर्षीय देवीराम लामिछानेले  राहदानी थन्काएर गाउँमै कुखुरापालन शुरु गरेका छन् । पैसा कमाएर सुखको जीवन बिताउने सपना बोकेर अरुझैँ

सुर्खेतमा बाढीपीडितलाई सर्पदंशको त्रास

सुर्खेत । शनिबार पञ्चपुरी नगरपालिका–४ सुर्खेतकी आठ वर्षीया बालिका लक्ष्मी शाहीको सर्पको टोकाइबाट मृत्यु भयो । त्यस्तै गएको साउन महिनाको २२ गते पञ्चपुरी नगरपालिका– १० की १४ वर्षीय हरिकला उपाध्यायको सर्पकै


z