• २०८१ बैशाख ६ बिहीबार

भेरीमा डुबेर मजदुरको मृत्यु

kharibot

सुर्खेत । पूर्वी सुर्खेतको सिम्ता गाउँपालिकाको राकम नजिकै भेरी नदीमा डुबेर एक जना मजदुरको मृत्यु भएको छ । 

आज बिहानको समयमा सडकको काम गरेर दिउँसो १२ बजे भेरी नदीमा नुहाउन जाँदा उनको डुबेर मृत्यु भएको हो । 

मृत्यु हुनेमा सुर्खेत जिल्ला पञ्चपुरी नगरपालिका वडा नं ४ विद्यापुरका २० वर्षीय खगेन्द्र बयक रहेको इलाका प्रहरी कार्यालय बादेपिपल राकमले जनाएको छ । खाना खाएर १२ बजेतिर भेरी नदीमा नुहाउन गएका वयक नदीमा डबेर अचेत अवस्थामा फेला परेका थिए ।

उनलाई थप उपचारका लागि मेहेलकुना अस्पतालमा लगिएको थियो । मृतक वयक पूर्वी सुर्खेतको राकम सडकमा मजदुरी गर्न आएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै