• २०८१ बैशाख ८ शनिबार

लागुऔषधसहित दुई पक्राउ

kharibot

इनरुवा । धरान उपमहानगरपालिका– ८ बाट लागुऔषधसहित आज दुई जना पक्राउ परेका छन् । 

पक्राउपर्नेमा स्थानीय २९ वर्षीय कुलदीप शाह र ३४ वर्षीय सुशीला थापा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

भारतीय बजारबाट अवैधरुपमा लागुऔषध लिएर धरानतर्फ जाँदै गरेको अवस्थामा प्रहरीले जाँच गर्ने क्रममा उनीहरुलाई धरान उपमहानगरपालिका– ८ हरियाली चोकबाट लागुऔषधसहित पक्राउ गरेको हो । 

उनीहरुको साथबाट स्पासमो प्रोक्सिभन ४६८ क्याप्सुल र नगद रु ५७ हजार बरामद गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरीयाले जानकारी दिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै