कञ्चनपुरमा अटोरिक्सा पल्टिँदा चालकको मृत्यु

खरीबोट
ad

भीमदत्तनगर । कञ्चनपुर भीमदत्तनगरमा आज अटोरिक्सा पल्टिँदा चालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा भीमदत्त नगरपालिका–१५ का ४७ वर्षीय चालक दीपु खुना रहेको प्रहरीले जनाएको छ । 

भीमदत्तनगरबाट गड्डाचौकीतर्फ गइरहेको ओन टेष्ट अटोरिक्सा भीमदत्तनगरपालिका–६ बनगाउँ चौराहामा सडकबाट करिब १० मिटर तल खसेर बिजुलीको पोलमा ठोक्किँदा गम्भीर घाइते भएका चालक खुनाको महाकाली अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले जनाकारी दिए । 

मृतकको शव परीक्षणपछि आफन्तको जिम्मा लगाइएको छ । 

सम्बन्धित समाचार

बाँकेमा अटोरिक्साले ट्राफिक जाम

बाँके । नेपालगञ्ज–कोहलपुर फोरलेन सडकबाहेक भित्री सडक अत्यन्तै साँघुरा र जीर्ण छन् । कतै मर्मतसँगै फराकिला बनाइँदैछन् भने कतै जीर्ण अवस्थामै छन् । २० वर्षअघि बनेका सडक अहिले साँघुरा गल्लीजस्तै

कञ्चनपुरमा अटोरिक्सा पल्टिँदा चालकको मृत्यु

भीमदत्तनगर । कञ्चनपुर भीमदत्तनगरमा आज अटोरिक्सा पल्टिँदा चालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा भीमदत्त नगरपालिका–१५ का ४७ वर्षीय चालक दीपु खुना रहेको प्रहरीले जनाएको छ ।  भीमदत्तनगरबाट गड्डाचौकीतर्फ गइरहेको ओन टेष्ट अटोरिक्सा

अटोरिक्साले परिवारमा ल्याएको खुशी 

भीमदत्तनगर । कमजोर आर्थिक अवस्थाका कारण १२ वर्षकै उमेरमा पढाइ छाडेर भारतको राजधानी नयाँ दिल्लीमा दुई दशकसम्म मजदुरी गरेका जयलाल लुहार हिजोआज महेन्द्रनगरमै अटोरिक्सा चलाएर आम्दानी गर्न थालेका छन् ।  कञ्चनपुरको

नेपालगन्जमा अटोरिक्सा सञ्चालनलाई व्यवस्थित गरिदै, अनुमति नलिई चलाउन नपाइने

नेपालगन्ज । सार्वजनिक यातायात साधनका रुपमा प्रयोग हुँदै आएको रातो नम्बर प्लेटका तीनपांग्रे अटोरिक्सालाई यहाँ सञ्चालनमा रोक लगाइएको छ ।  निजी प्रयोगका लागि दर्ता गरेर नियमविपरीत भाडामा चलाउँदै आएका एकहजार ५०० अटोरिक्सालाई


z