• २०८१ बैशाख ७ शुक्रबार

बिहारमा चट्याङ र वर्षाका कारण २६ जनाको मृत्यु

kharibot

नयाँदिल्ली । पूर्वीराज्य बिहारमा चट्याङ र वर्षाजन्य घटनामा परी कम्तीमा २६ जनाको मृत्यु भएको छ भने अन्य नौ जना घाइते भएका सरकारी सञ्चारमाध्यम अल इन्डिया रेडियोले जनाएको छ ।

मङ्गलबार देशका आठ जिल्लामा मेघगर्जन र चट्याङसहितको भारी वर्षाले जनजीवन प्रभावित भएको थियो ।

चट्याङ लागेर ज्यान गुमाउनेमा अधिकांश खेतमा काम गरिरहेका किसान छन् ।

कैमुरमा सबैभन्दा बढी नौ जनाको मृत्यु भएको छ भने भोजपुर, पटना, जेहानाबाद, रोहतश, औरङगाबाद, अरवाल र सिवान जिल्लामा १७ जनाको मृत्यु भएको समाचार रेडियोले प्रसारण गरेको छ । 

आगामी ४८ घण्टामा देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

बिहारका मुख्यमन्त्री नितिश कुमारले घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई आर्थिक सहयोगको घोषणा गरेका छन् । 

मुख्यमन्त्रीले मृतकका परिवारजनलाई रू चार लाख दिने घोषणा गरेका विहार राज्य सरकारका प्रवक्ताले बताएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै